एनएसटी ग्लोवल नेपाली पाठशालाको अभिभावक दिवस सम्पन्न

द एभरेष्ट पोष्ट
१० जेठ २०८२ ३:२९
एनएसटी ग्लोवल नेपाली पाठशालाको अभिभावक दिवस सम्पन्न

टेक्सास

नेपाली समाज टेक्सासद्वारा  संचालित ग्लोबल नेपाली पाठशालाको प्रथम अभिभावक दिवस हालै सम्पन्न भएको छ ।

प्रवासमा रहेका बालबालिकाहरुका लागि नेपाली भाषा, कला, साहित्य, संस्कृति, योग ध्यान, कम्यूटर कोडिङ, नेतृत्व विकास, गणित ट्यूटोरिङ लगायतका बिभिन्न बिषयहरुमा कक्षा सञ्चालन गर्दै आएको ग्लोवल नेपाली पाठशालाले पहिलो अभिभावक दिवस आईतवार सम्पन्न भएको हो ।

नेपाली मन्दिर र नेपाली समाज टेक्सासले सिमित स्रोत साधनबाट प्रवासमा रहेका नेपाली बालबालिकाहरुलाई मातृभूमि र मातृ भाषासंग जोड्ने उद्देश्यले ग्लोवल नेपाली पाठशाला सञ्चालन गरेको हो ।

नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले बताए “अनलाईन” र “फेस टु फेस” माध्यमबाट आफूलाई पायक पर्ने समयमा बिश्वका जुनसुकै स्थानबाट पनि नेपाली भाषा सिक्न सकिने लक्ष्य लिएर ग्लोवल नेपाली पाठशाला सञ्चालन गरिएको बताए ।

अध्यक्ष वाग्लेले कार्यक्रमका सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी जुन महिनाको १ देखि १४ सम्म संचालन हुने बालबालिकाको आध्यात्मिक तथा सामस्कृतिक समर क्याम्पमा सिमित कोटामा मात्र भर्ना हुने भएकोले छिटै आफ्नो सिट सुरक्षित गर्न अनुरोध गरे ।

प्रवास सुहाँउदो आफ्नै पाठ्यक्रम ढाँचा र पाठ्यपुस्तक तयार गरी  ग्लोबल नेपाली पाठशालाले नेपालका भावीपुस्तालाई नेपाली भाषा, कला, संस्कृतिसंग अटुट सम्बन्ध स्थापित गरी प्रवासमा नेपाली पहिचान जोगाई नेपालसंग जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पाठशालाका प्राचार्य डा. भोज बहादुर बलायरले बताए ।

पाठशालाले नेपाली अक्षर सिकाई देखि नेपालसंग प्रत्यक्ष रुपमा बालबालिकाहरु जोड्ने क्रियाकलाप गराउदै आएको अभिभावक दिवसका क्रममा बालबालिकाहरुले प्रस्तुत गरेका सांस्कृतिक झलकहरुबाट देखिन्थ्यो ।

नेपाली समाज टेक्सासको गरिमामय यस पाठशालाको सामाजिक अभियानमा यस पटकको स्प्रिङ सेसनमा सिमित स्रोत र साधनका बावजुत करिव २५० जना बालबालिकाहरु भर्ना भएर बिभिन्न विषय अध्ययन गर्दै दीक्षित भएको जानकारी दिदै उत्कृष्ट विद्यार्थीलाई पुरस्कार दिईएको थियो ।

कार्यक्रममा बालबालिकाहरुले नेपाली नृत्य तथा जानकारीमूलक प्रवचन दिएर भरपूर मनोरञ्जन गराएका थिए । त्यस्तै अभिभावक र पाठशालाका शिक्षकहरुले नेपाली समाज टेक्सासका प्रवक्ता किरण पौडेलद्वारा निर्देशित नाटक प्रस्तुत गरेका थिए । नाटकले महिला सृष्टिको जननी मात्र नभएर समाजका हरेक विधा र क्षेत्रमा अब्बल भूमिका निर्वाह गर्न सक्षम रहेको सन्देश दिएको थियो ।

पाठशालाले सिमित साधनबाट ठूलो संख्यामा नेपाली विद्यार्थीहरुलाई नेपाली भाषा, संस्कृति र पहिचानका बारेमा जानकारी दिन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको अभिभावक डा. मुक्ति अर्यालले मन्तव्य व्यक्त गरेका थिए ।

महासचिव बिजय भुषाल र सहायक प्राचार्य जेवीका अधिकारीले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी आशा खनालले स्वागत मन्तब्य व्यक्त गरेकी थिईन ।

May be an image of 1 person and dais

May be an image of 2 people and wedding

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस