न्यूयोर्कमा १८ मेमा भव्य रुपमा नेपाल डे परेड मनाईदै

द एभरेष्ट पोष्ट
४ जेठ २०८२ ४:०९
न्यूयोर्कमा १८ मेमा भव्य रुपमा नेपाल डे परेड मनाईदै

न्युयोर्क(अमेरिका), १६ मे ।
अमेरिकाको न्यूयोर्कमा १८ मे मा ‘नेपाल डे परेड २०२५’ आयोजना हुने भएको छ ।

न्यूयोर्कमा रहेको नेपालीहरुले सन २०१६ देखि हरेक वर्ष वर्ष मे महिनामा उत्सवका रुपमा मनाउदै आएको नेपाल डे परेड यस वर्ष १८ मे मा मनाउन लागिएको हो ।

गैर आवासिय नेपाली संघ अमेरिका राष्ट्रिय समन्वय समिति, न्युयोर्क च्याप्टर र अन्य नेपाली संघ–संस्थाहरुको संयुक्त आयोजनामा १८ मेमा नेपाल डे परेड मनाउन लागिएको हो ।

एनआरएनए न्यूयोर्क च्याप्टरका उपाध्यक्ष तथा नेपाल डे परेडका संयोजक छिरिङ शेर्पाले परेडको सम्पूर्ण तयारी पुरा भएको द एभरेष्ट पोष्टलाई जानकारी दिए ।

उनले नेपालीहरुले हरेक वर्ष नेपाल डे परेडलाई उत्सवका रुपमा मनाउने गरेको बताए ।

नेपाल डे परेडले नेपाल र नेपालीलाई अमेरिकामा चिनाउने उनको विश्वास छ ।

नेपाल डे परेडका संयोजक शेर्पाका अनुसार नेपाल डे परेडमा नेपालका सात वटै प्रदेशको पहिचान झल्किने गरी झाँकी, पहिरन, कला, संस्कृतिहरु प्रदर्शन गरिने बताए ।

नेपाल डे परेडमा न्यूयोर्कमा रहेका दुई हजार पाँच सयभन्दा बढि नेपालीहरुको उपस्थिति रहने संयोजक शेर्पाले जानकारी दिए ।

नेपाल डे परेडका को कन्भेनर रैभान महराले परेडमा सुदूरपश्चिमको पहिचान, भेषभुषा झल्किने पहिरन सहित डेउडा र छलिया लगायतका संस्कृति प्रदर्शन गरिने बताए ।

आआफ्ना मौलिक पहिरन सहित परेडमा सहभागी हुने थारु र पहाडी समुदायका व्यक्तिहरुले गौरा, डेउडा, हुड्के, सखिया लगायतका सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने महराले जानकारी दिए ।

न्यूयोर्कमा २०१६ मा नेपाल डे परेड मनाउन थालिएको हो । कोभिडका कारण २०२२ मा मनाउन नपाईएको त्यसयता लगातार रुपमा मनाउदै आईएको छ ।

न्यूयोर्कको ३८ स्ट्रिटबाट ११ बजे शुरु हुने नेपाल डे परेड मेडिसन पार्कमा पुगेर समापन हुनेछ ।

महावाणिज्य दूतावास न्यूयोर्क र एनआरएनए अमेरिकाको सहयोगमा आयोजना हुन लागेको नेपाल डे परेडमा न्यूयोर्कमा रहेका नेपाली समुदायका बिभिन्न संघसंस्थाहरुको समेत सहयोग तथा सहभागिता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस