स्वर्णिम तनहुँ १ मा दोहरिने, सोबिताले रोजिन चितवन
काठमाण्डौं, ३ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले स्वर्णिम वाग्लेलाई तनहुँ १ बाट उम्मेदवार बनाएको छ ।
यसअघि निर्वाचित भएको क्षेत्रबाट वाग्लेले दोहरिएर चुनाव लड्ने भएका हुन् । उनले तनहुँबाट चुनाव लड्न लागेको बताएका छन् ।
यसअघि काठमाण्डौंबाट निर्वाचित सोबिता गौतमले यस पटक चितवन ३ रोजेकी छन् । उनी नेकपाकी उम्मेदवार रेणु दाहाललाई रोक्ने उद्देश्यले काठमाण्डौंबाट चितवन सरेकी हुन् ।
त्यस्तै रास्वपाले शिशिर खनाललाई काठमाण्डौं ६ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाउने भएको छ ।
