बजेट अघि बजारमा हरियाली, परिसूचक २७ अंकले बढ्दा करिब ६ अर्बको कारोबार

द एभरेष्ट पोष्ट
११ जेठ २०८३ १५:१८
बजेट अघि बजारमा हरियाली, परिसूचक २७ अंकले बढ्दा करिब ६ अर्बको कारोबार

काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन सोमबार नेप्से परिसूचक बढेर बन्द भएको छ । आगामी आर्थिक वर्षको बजेटको संघारमा सेयर बजारमा हरियाली छाएको हो ।

आज सेयर बजार परिसूचक २७.८५ अंकले बढेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७८६.३५ विन्दुमा पुगेको छ । आज सेयर बजार १ प्रतिशतले बढेको छ । सोमबार सेयर बजारमा २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि ३.८५ अंकले बढेर ४७५.७४ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने १ वटाको घटेको छ । परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ ।

आज सेयर बजारमा ३४२ कम्पनीका १ करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर ७५ हजार ८५६ पटक खरिद बिक्री हुँदा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० रुपैयाँको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस