निखिल र वर्षाको मुख्य भूमिका रहने ‘कस्तुरी’को छायांकन सुरु
काठमाडौं । निखिल उप्रेती र वर्षा शिवाकोटीको मुख्य भूमिका रहने चलचित्र ‘कस्तुरी’को छायांकन सुरु भएको छ । आज शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु भएको हो ।
ऋत बोहोराले निर्देशन गर्ने चलचित्र काठमाडौं र आसपासका क्षेत्रमा छायांकन हुनेछ ।
रहस्य, सस्पेन्स र अपराधलाई चलचित्र समेट्ने उनले बताए । निखिल र वर्षाको यो पहिलो सहकार्य हो । निखिल र वर्षासँगै शेखर चापागाईं, निर्मल शर्मा, नीशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटालगायतको अभिनय रहनेछ ।
चलचित्रको कथा ऋत बोहोराले नै लेखेका छन् ।
