बैतडीमा जन्ती बस दुर्घटना : केपी ओली मर्माहत

द एभरेष्ट पोष्ट
२४ माघ २०८२ ११:५८
बैतडीमा जन्ती बस दुर्घटना : केपी ओली मर्माहत

काठमाडौँ- बैतडीको पुर्चौडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको घटनाप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गहिरो दुःख व्यक्त गरेका छन्।

अध्यक्ष ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत शोक सन्देश जारी गर्दै बैतडीमा भएको बस दुर्घटनाको दुःखद् खबरले आफू मर्माहत भएको उल्लेख गरेका छन्।

बझाङबाट बैतडीमा जन्ती गएर दुलही लिएर फर्किँदै गर्दा भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। शोक सहन गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

बिहीबार राति करिब ८ बजे पुर्चौडी नगरपालिका-७ को भौनीबाट दुलही लिएर फर्किएको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको हो।

पवनदूत यातायातको सुपप्र ०२-००१ ख १११९ नम्बरको बस दुर्घटनामा पर्दा १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस