पुरुष फुटबल टिमको सहायक प्रशिक्षकमा साहुखल र घिमिरे नियुक्त

द एभरेष्ट पोष्ट
१७ कार्तिक २०८२ १३:०१
पुरुष फुटबल टिमको सहायक प्रशिक्षकमा साहुखल र घिमिरे नियुक्त

काठमाडौं । बालगोपाल साहुखल र चेतनकुमार घिमिरे नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार दुवैलाई नियुक्तिपत्र हस्तान्तरण गरेको हो । आसन्न एएफसी एसियन कप छनोटको मलेसियासँग हुने खेलका लागि सहायक प्रशिक्षक नियुक्त गरिएको हो ।

यसअघि अष्ट्रेलियन प्रशिक्षक म्याट रोसले राजीनामा दिएपछि एन्फाले हरि खड्कालाई प्रशिक्षक बनाएको थियो ।

नेपालले नोभेम्बर १८ मा मलेसिया विरुद्ध एसियन कप छनोट खेल खेल्दैछ । त्यसअघि नोभेम्बर १३ मा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस