संसद्‌मा रास्वपाको विरोध, राप्रपाको बहिष्कार

द एभरेष्ट पोष्ट
२३ असार २०८२ १५:०५
संसद्‌मा रास्वपाको विरोध, राप्रपाको बहिष्कार

काठ्माण्डौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै रास्वपाले जेठ १३ गतेदेखि सदनमा अविरोध गर्दै आइरहेको छ।

रास्वपाका सांसदले रोस्ट्रमअघि उभिएर अवरोध गरेका हुन्। उता राप्रपाले भने आज पनि बहिष्कार नै गरेको छ।

सरकारले भिजिट भिसा प्रकरणको छानबिनका लागि पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा समिति बनाए पनि दुई दलले समितिको नेतृत्वमाथि नै प्रश्न उठाउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस