आईपीएल जीतमा छचल्किएको कोहलीको आँशु

द एभरेष्ट पोष्ट
२४ जेठ २०८२ १:३६

गुजरात, ५ जुन ।
विश्व फुटवल जगतका सर्वाधिक चर्चित खेलाडी लियोनल मेस्सी र क्रिकेट चर्चित खेलाडीका बीचमा धेरै समानता छन् । दुबै आआफ्नो खेलमा अत्यन्त लोकप्रिय छन् । दुबैको खेल, खेल्ने शैली र अनुशासन खेलप्रेमीहरुलाई उत्तिकै मन पर्छ ।

फुटवलमा मेस्सीले जित्नु पर्ने एउटै उपाधी बाँकी थियो, त्यो हो, विश्व कप । क्लवका लागि सबै उपाधी जितेका मेस्सीले आफ्नो देशलाई विश्व कपमको उपाधी दिलाउन सकेका थिएनन् । पछिल्लो विश्वकपमा उनको त्यो ईच्छा पुरा भयो । उनले विश्वकप जिते । र, उनीमाथि लाग्ने सबै आरोपको उनले एकमुष्ट जवाफ दिए ।

यता क्रिकेटमा देशका लागि सबै उपाधी जितेका बिराट कोहलीले आफ्नो क्लवलाई भने आईपीएलको उपाधी दिलाउन सकेका छैनन् । आईपीएलको १७ औं संस्करणसम्म उनको उपाधी जित्ने धोको अधुरो रह्यो ।

बुधबार अहमदावादको नरेन्द्र मोदी स्टेडियममा पञ्जाब किङ्ग्स टोलीविरुद्ध ६ रनको जितसँगै विराट कोहलीले रोयल च्यालेन्जर्स बङ्गलुरु (आरसीबी)का निम्ति इन्डियन प्रिमिअर लीग (आईपीएल)को पहिलो उपाधि मात्र जितेनन । उनले आफू विरुद्ध लाग्ने सबै आरोपको खण्डन गरे ।

जव आरसीवी जितको नजिक पुग्यो, उनले आफ्नो खुशी रोक्न सकेनन्, उनको खुशी आँशु मार्फत छचल्कियो । उनले आँशु रोक्न कोसिस गरे । आँशु लुकाउन पनि खोजे । तर सकेनन् । उनी खुशीले रोईरहदा ९० हजार दर्शक रहेको स्टेडियममा उनका नाम लिएर समर्थकहरुले चर्को नारावाजी गरे ।

यी ३६ वर्षीय विख्यात भारतीय एक मात्र यस्ता खेलाडी रहे जसले आईपीएलको हरेक संस्करणमा एउटै टोलीको प्रतिनिधित्व गरे, अनि यो वर्षको फाइनलमा समेत ४३ रन बनाएर टोलीले २० ओभरमा बनाएको ९ विकेटको क्षतिमा १९० रनमा आरसीबीका लागि उच्च योगदान गरे।

आईपीएलको पहिलो उपाधिकै लागि सङ्घर्ष गरिरहेको पञ्जाब किङ्ग्स टोलीले आरसीबीको स्कोर पछ्याउन सकेन र ७ विकेटको क्षतिमा केवल १८४ रनमात्र बटुल्न सक्यो।

“मैले यो दिन आउला भनेर सोचेकै थिइनँ,” कोहलीले भने। “यो मेरो लागि एकदमै अर्थपूर्ण छ। मैले यो टोलीका लागि मेरो सम्पूर्ण ऊर्जा दिएको छु। अन्तत: आईपीएल जित्नु गजबको अनुभूति हो।”

“यो जित जति टोलीका लागि हो त्यति नै हाम्रा प्रशंसकहरूका लागि हो,” कोहलीले भने।

“१८ वर्ष भएको थियो। मैले यो टोलीका निम्ति मेरो जवानी, मेरो सर्वश्रेष्ठ क्षमता र मेरो अनुभव सबै दिएको छु। हरेक सिजनमा जितका लागि समर्पित भएको छु।”

“(आज) अन्तिम बलपश्चात् म भावविभोर हुन पुगेँ।”

खेलपछि भावुक भएका कोहली६५७ रन बनाएर कोहली यो वर्षको आईपीएलमा सबभन्दा धेरै रन बनाउने तेस्रो खेलाडी भए

कोहलीले उनको पहिलो आईपीएल खेल आरसीबीका तर्फबाट सन् २००८ को एप्रिलमा भएको पहिलो आईपीएल संस्करणमा खेलेका थिए।

त्यतिखेर जम्मा १९ वर्षका कोहली १ रनमा आउट भए। तर त्यस यता उनले गत १८ वर्षमा आरसीबीका लागि हरेक खेलमा ३९.५४ को औसतमा ८,६६१ रन बटुले जसमा ८ शतक अनि ६३ अर्धशतक पर्छन्।

यसअघि तीनपटक फाइनलमा पुगेर पनि उनले पराजयको सामना गर्नु परेको थियो – सन् २००९ मा डेक्कन चार्जर्ससँग, सन् २०११ मा चेन्नई सुपर किङ्ग्ससँग, अनि सन् २०१६ मा सनराइजर्स हैदरावादसँग।

सन् २०१३ देखि सन् २०२१ सम्म उनी आरसीबीका कप्तान पनि रहे।

पछिल्ला वर्षहरूमा कोहलीले निरन्तर गतिलो प्रदर्शन गर्दै आएका छन्। गत तीन सिजनमा उनले औसत ५० रन बटुलेका थिए भने यो वर्ष त उनको औसत ५४.७५ रन रह्यो।

आईपीएलका २६७ वटा खेलपश्चात् अन्तत: कोहलीले उपाधि उचालेका छन्।

बितेको १२ महिनामा उनले जितेको यो तेस्रो उपाधि पनि हो – सन् २०२४ को टि ट्वेन्टी विश्वकप र सन् २०२५ को च्याम्पिअन्स ट्रफीसहित।

कोहलीले भने: “अरूसँग रहेर जित्नुभन्दा यो निकै विशेष रह्यो किनभने मेरो हृदय बङ्गलुरुमा थियो र आत्मा बङ्गलुरुमा थियो। मैले भनेको पनि छु मैले आईपीएल खेल्ने आखिरी दिनसम्म यही टोलीका निम्ति खेल्छु।”

“मलाई ठूला प्रतियोगिता, ठूला अवसरहरूमा जित्न असाध्यै मनलाग्छ। यो एउटा उपाधि मैले जित्न सकेको थिइनँ। अब म एउटा बच्चाजस्तै (मस्त) निदाउँछु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस