विश्वकै सबभन्दा धेरै सब्स्क्राइबर भएका युट्युबर मिस्टर बिस्टले गरे बिहे

द एभरेष्ट पोष्ट
६ साउन २०८३ १८:०५
विश्वकै सबभन्दा धेरै सब्स्क्राइबर भएका युट्युबर मिस्टर बिस्टले गरे बिहे

एजेन्सी । विश्वकै सबभन्दा धेरै सब्स्क्राइबर भएका युट्युबर मिस्टर बिस्ट (जिम्मी डोनाल्डसन) ले विवाह गरेका छन्।

उनले प्रेमीका थेआ बुइसनसँग बिहे गरेका हुन्। यी दुई लामो समयदेखि प्रेम सम्बन्धमा थिए।

थेआ बुइसन दक्षिण अफ्रिकी गेमर, लेखिका तथा कन्टेन्ट क्रिएटर हुन्। उनीहरूले निजी समारोहबीच विवाह गरेको बताइएको छ।

मिस्टर बिस्टले सामाजिक सञ्जालमार्फत विवाहका तस्बिरहरू साझा गरेका छन्।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरूका अनुसार उनीहरूको विवाह बेलायती भर्जिन टापुस्थित रिचर्ड ब्रान्सनको निजी नेकर आइल्याण्डमा सम्पन्न भएको हो।

करिब एक सातासम्म चलेको समारोहमा परिवार र निकट साथीहरू गरी ७० जना मात्रै सहभागी थिए। विवाहलाई पूर्ण रूपमा निजी राखिएको थियो।
विवाह समारोहको कुनै पनि भाग प्रत्यक्ष प्रसारण गरिएको थिएन भने युट्युबका लागि पनि कुनै भिडियो खिचिएको थिएन। समारोहको तस्बिर खिच्न भने एक व्यावसायिक विवाह फोटोग्राफर मात्रै राखिएको थियो।

मिस्टर बिस्ट र थेआ बुइसनको पहिलो भेट सन् २०२२ मा दक्षिण अफ्रिकामा भएको थियो। त्यसपछि सुरू भएको प्रेम सम्बन्धलाई बिस्टले सन् २०२४ को क्रिसमसमा विवाह प्रस्तावमार्फत नयाँ मोड दिएका थिए।

मिस्टर बिस्ट सन् २०२३ को अन्त्यतिर नेपाल समेत आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस