सरकारले ड्रोन तथा नाइट भिजन क्यामेराबाट सीमा नाकाको निगरानी गर्ने
काठमाडौं । सरकारले ड्रोन तथा नाइट भिजन क्यामेरा प्रयोग गरी सीमा नाकामा अवैध गतिविधि नियन्त्रण गरिने जनाएको छ ।
आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त विषय राखिएको हो ।“सीमा नाकाहरूमा अनुहार पहिचान प्रणाली, एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार स्थापना गरिनेछ । ड्रोन तथा नाइट भिजन क्यामेरा प्रयोग गरी अवैध गतिविधि नियन्त्रण गरिनेछ,” राष्ट्रपति रामचन्द्र पौडेलले भने ।
सीमा क्षेत्र विकास कार्यक्रम मार्फत नागरिक सुरक्षा सम्बन्ध सुदृढ बनाइने बताए । सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने नीति कार्यक्रममा उल्लेख छ ।
