कैलाली चुरेमा मरेको बोइलर कुखुराको मासु खाँदा दाजुभाइको मृत्यु
धनगढी, ५ वैशाख / कैलालीमा मरेको बोइलर कुखुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ । बिहीबार मरेको बोइलर कुखुराको मासु खाएका चुरे गाउँपालिका-३ को भक्तपुर बस्ने ५ वर्षीय दिपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरु दुवै जना सहोदर दाजुभाइ हुन् । जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक९इन्स्पेक्टर० कैलाश बिष्टले दुवै जनाको उपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताउनु भयो ।
फार्म सञ्चालक मंगल साउदले आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएर कागज गरेका छन् । उनलाई बोलाएका बखत हाजिर हुनेगरि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
