नेपाललाई इङ्गल्याण्डले दियो १८५ रनको लक्ष्य
काठमाडाैं- आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा इङ्गल्याण्डले नेपालविरुद्ध चुनौतीपूर्ण स्कोर खडा गरेको छ।
मुम्बईको वाङ्खेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको इङ्गल्याण्डले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८४ रन बनाएको हाे ।
इङ्गल्याण्डको सुरुवात केही धर्मराए पनि मध्यक्रमका ब्याटरहरूले पारी सम्हालेका थिए। प्रारम्भिक ब्याटर फिल साल्ट मात्र १ रनमा आउट भए भने कप्तान जोस बटलर २६ रनमा नन्दन यादवको शिकार बने। त्यसपछि ज्याकोब बेथेल र ह्यारी ब्रुकले विस्फोटक ब्याटिङ गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए। बेथेलले ३५ बलमा ५५ रन बनाए भने कप्तान ब्रुकले ३२ बलमा ५३ रनको योगदान दिए।
अन्त्यमा विल ज्याक्सले १८ बलमा ३८ रनको अविजित पारी खेल्दै टोलीलाई १८० को आँकडा पार गराए ।
नेपालका लागि डेब्यु खेलाडी नन्दन यादवले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिए। उनले इङ्गल्याण्डका कप्तान जोस बट्लर र ह्यारी ब्रुक जस्ता ठूला विकेट चट्काए। दिपेन्द्र सिंह ऐरीने पनि २ विकेट लिँदा नेपालका लागि शेर मल्लले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बलमै फिल साल्टको विकेट लिएर उत्कृष्ट सुरुवात दिलाएका थिए।
सन्दीप लामिछानेले ४ ओभरमा मात्र २५ रन खर्चेर एक विकेट लिए ।
अन्तिम ओभरमा करण केसीले जोफ्रा आर्चरलाई रनआउट गरे पनि विल ज्याक्सले छक्का प्रहार गर्दै स्कोर १८४ पुर्याए।
