क्यानडाले दियाे नेपाललाई १ सय ६२ रनकाे लक्ष्य
काठमाण्डाै- आईसीसी टी–२० विश्वकपअघिको अभ्यास खेलमा क्यानडाले नेपाललाई १ सय ६२ रनको लक्ष्य दिएको छ ।
भारतको चेन्नईमा रहेको एमए चिदम्बरम स्टेडियममा टस जितेर ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनायो । क्यानडाका नवनीत धालिवालले ४१, श्रेयस मोव्वाले नटआउट ३८ रन बनाए । नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले २/२ विकेट लिए ।
टी–२० विश्वकपअघि नेपालको यो अन्तिम तथा दोस्रो अभ्यास खेल हो । नेपालले पहिलो अभ्यास खेलमा यूएईलाई ७ विकेटले हराएको थियो ।
१०औँ संस्करणको टी–२० विश्वकप पर्सि शनिवार फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदैछ ।
प्रतियाेगितामा २० वटा देशलाई ४ वटा समूहमा विभाजन गरिएकाे छ । प्रतियाेगितामा नेपाल समूह ‘सी’ मा छ । याे समूहमा नेपालसँगै इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् । नेपालले आउँदो आइतवार इङ्ग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।
