एमालेले निर्णय उल्ट्यायो, लामा र महरलाई टिकट दियो
धनगढी, ४ माघ ।
नेकपा एमालेले आफ्नो निर्णय उल्ट्याउदै कञ्चनपुरमा तारा लामा तामाङ र बझाङमा ऐन महरलाई टिकट दिएको छ ।
यसअघि एमालेले कञ्चनपुर क्षेत्र नम्बर १ मा कमला बोहरा र बझाङमा अफिलाल ओखेडालाई टिकट दिने निर्णय गरेको थियो । जिल्लाबाट सिफारिस नै नभएका ओखेडाको नाम टिकट पाउनेको सूचिमा परेको थियो ।
कञ्चनपुर क्षेत्र नम्बर १ बाट गत निर्वाचनमा जितेका लामा र बझाङमा झिनो मतले पराजित भएका महर टिकटबाट बञ्चित हुदा एमालेभित्र बिरोध भएको थियो । चौतर्फी बिरोधपछि एमालेले आफ्नो निर्णय सच्याउदै लामा र महरलाई टिकट दिएको हो ।
