समयको कुरुप अनुहार

८ पुष २०८२ ९:३७
समयको कुरुप अनुहार

जो जीवनभर

गुरुआमा भएर बाँचिन्

देखाईन्, मान्छे बन्ने बाटो

बाँडिन्, उज्याला मन्त्रहरु

बुढ्यौलीले छोएन्, उमेरलाई

अवकाश लिएनन्, रहरहरुले

बस् पढाईरहिन्,

समाजका सुत्रहरु

देखाईरहिन्,

उज्याला सपनाहरु

के उनको दोष यही थियो ?

 

उनको अनुहार

क्रुर समयको साक्षी हो

हामीले बाँचेको

समय

यति कुरुप कसरी भयो ?

 

जिँउदो मान्छेको शरीरमा

आँगो झोस्नेहरुका हात

आफ्नी आमालाई मुखाग्नी दिदा

काप्छन्, होला कि नाई ?

 

गुरुआमाको कुरुप अनुहार

बोकेको युगबाट

सुन्दर भविश्यको

आशा

नगरु उपाय छैन

गरु कसोगरी गरु ?

 

धनगढी, कैलाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस