कैलाली-४ मा कांग्रेसबाट ७ जना सिफारिस
कैलाली । कैलाली-४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि कांग्रेसले ७ जनाको नाम सिफारिस गरेको छ ।
फागुन २१ गते तय भएको निर्वाचनका लागि विघठित प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरसहित ७ जनाको नाम सिफारिस गरिएको हो ।
सिफारिसका लागि आइतबार र सोमबार दुई दिन समय तोकिएकोमा ७ जनाले उम्मेदवार हुने भन्दै नाम दर्ता गराएका थिए । उनीहरु सबैको नाम सिफारिस गरिएको हो ।
जसमा वीरबहादुर बलायरसहित विजय कुँवर, नैनसिंह महर, लोकराज पाण्डेय ‘आगो’, दिनेशराज जोशी, टेकराज जोशी र युवा प्रतिनिधिका रुपमा भुवन महरासमेत रहेका छन ।
समानुपातिकतर्फ यज्ञनिधि कोइराला, जानकी पाल, खडकसिं बडैला, गोपालबहादुर देउवा, गंगा कामी र रमेश ताम्राकारको नाम सिफारिस गरिएको छ ।
यसैगरी राष्ट्रिय सभा सदस्यका लागि डा. लक्ष्मीराज पाठक, गजेन्द्र पन्त र हिरा दत्त भट्टको नाम सिफारिस भएको छ ।
