२०२६ को फिफा विश्वकप फुटबलको ड्र सार्वजनिक

द एभरेष्ट पोष्ट
२१ मंसिर २०८२ १६:०८
२०२६ को फिफा विश्वकप फुटबलको ड्र सार्वजनिक

काठमाडौँ। विश्व फुटबल महासङ्घ (फिफा) ले सन् २०२६ को विश्वकप फुटबलको ड्र सार्वजनिक गरेको छ । फिफाले अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार राति विश्वकप ड्र सार्वजनिक गरेको हो ।

पहिलो पटक ४८ देशको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई १२ समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह ‘ए’ मा मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, प्लेअफ ‘डी’ को विजेता रहेको छ ।

समूह ‘बी’ मा क्यानाडा, प्लेअफ ‘ए’ को विजेता, कतार र स्विट्जरल्यान्ड, समूह ‘सी’मा ब्राजिल, मोरक्को, हाइटी र स्कटल्यान्ड समूह ‘डी’ मा अमेरिका, पैराग्वे, अस्ट्रेलिया र प्लेअफ ‘सी’ को विजेता, समूह ‘ई’ मा जर्मनी, कुराकाओ, आइभरी कोस्ट र इक्वेडर, समूह ‘एफ’ मानेदरल्यान्ड, जापान, प्लेअफ ‘बी’ को विजेता र ट्युनिसिया, समूह ‘जी’ मा बेल्जियम, मिस्र, इरान र न्युजिल्यान्ड रहेको छ ।

यस्तै समूह ‘एच’ मा स्पेन, केप वर्दे, साउदी अरब र उरुग्वे, समूह ‘आई’ मा फ्रान्स, सेनेगल, प्लेअफ २ को विजेता र नर्वे, समूह ‘जे’ मा अर्जेन्टिना, अल्जिरिया, अस्ट्रिया र जोर्डन, समूह मॉके’ मा पोर्चुगल, प्लेअफ १ को विजेता, कोलम्बिया र उज्बेकिस्तान तथा समूह ‘एल’ मा इङ्ल्यान्ड, क्रोएसिया, घाना र पानामा रहेको छ ।

आगामी वर्ष सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त रूपमा आयोजना गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस