चितवनले टस जितेर पहिले ब्याटिङ गर्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गर्दैछ ।
चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै पोखरा एभेन्जर्सलाई बलिङको निम्तो दिएका हुन् ।
दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । यस्तोमा यो खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ
दुवै टोलीको ६ खेलमा चार/चार अंक रहेको छ ।
