एनपीएल:पोखराविरुद्ध कर्णालीले फिल्डिङ गर्ने

द एभरेष्ट पोष्ट
१७ मंसिर २०८२ १६:०५
एनपीएल:पोखराविरुद्ध कर्णालीले फिल्डिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

मंगलबार (मंसिर १६) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिए ।

पोखराले चारमध्ये एक खेल मात्र जितेको छ । यो खेल जिते पोखरालाई प्लेअफमा पुग्न सहज हुनेछ । कर्णालीका निम्ति भने यो खेल ‘गर या मर’को अवस्थामा छ ।

यही मंसिर १ गतेदेखि सुरु प्रतियोगितामा हालसम्म २० खेल सम्पन्न भइसकेको छ । अपराजित सुदूरपश्चिम रोयल्स १० अंक जोडेर प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस