भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित
काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । बुधबार (कात्तिक २६) काठमाडौंमा आयोजित पार्टी समायोजनक कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रावललाई पार्टीमा भित्र्याएका हुन् ।
यसअघि नेपाली कम्युनिस्ट पार्टी र रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान नेपाल’बीच पेरिसडाँडामा सहमति पत्रमा हस्ताक्षर भएको थियो ।
सहमति पत्रमा देश र जनताको सर्वोपरी हित एवं सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणको अभिभारा देशसामु रहेको उल्लेख छ ।
