राष्ट्रिय खेलाडीले एन्फा कार्यालयको गेटमा झुन्ड्याए मेडल
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालयको गेटमा राष्ट्रिय खेलाडीले आफूले जितेका मेडल झुन्ड्याइदिएका छन् । ‘ए’ डिभिजन लिग यस वर्ष नहुने निर्णय गरेपछि धर्नामा उत्रिएका खेलाडीहरुले विरोधीस्वरुप आफूले जितेका मेडल गेटमा झुन्ड्याएका हुन् ।
नेपाल फुटबल खेलाडी संघको आह्वान भएको धर्ना कार्यक्रममा अन्जन विष्ट, विकेश कुथु, विराज महर्जन, रोहित चन्दलगायत खेलाडी सहभागी थिए ।
