नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गर्ने
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा आज नेपाल र घरेलु टोलीबीच प्रतिस्पर्धा हुँदैछ । नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
दुबईस्थित आइसिसी एकेडेमी मैदानमा युएईले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल सबै खेलमा पराजित भएको छ भने युएई एक खेलमा विजयी भएको छ । यो खेल दुवै टोलीका लागि लिग–२ को अंक तालिकामा सुधार गर्ने महत्त्वपूर्ण अवसर हो।
जितविहीन नेपालले आज लिग–२ को युएई यात्रालाई सुखद अन्त्य दिने लक्ष्य लिएको छ। यसअघि भएको पहिलाे खेलमा युएईले नेपाललाई हराएको थियो, भने नोभेम्बर १ मा अमेरिकासँग पनि दुवै खेलमा हार बेहोर्यो। यसरी, नेपालको हालको फर्म कमजोर छ ।
