काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालले आज कीर्गिस्तानसँग खेल्दै

द एभरेष्ट पोष्ट
१९ कार्तिक २०८२ १३:०५
काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालले आज कीर्गिस्तानसँग खेल्दै

काठमाण्डौ – श्रीलङ्कामा आजदेखि शुरु हुने काभा महिला १९ वर्षमुनिको च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुकी सवा ५ बजे शुरु हुनेछ ।

त्यसअघि आयोजक श्रीलङ्का र माल्दिभ्सबीच उद्घाटन खेल हुनेछ । प्रतियोगितामा चार वटा टोलीको सहभागिता छ । सबै टोलीले एक अर्कासँग खेलेपछि सेमिफाइनलमा शीर्ष स्थान र चौथो स्थानमा रहने टोली तथा दोश्रो स्थान र तेश्रो स्थानमा रहने टोलीबीच खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २३ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस