खानेपानीमन्त्री यादवले दिए राजीनामा

द एभरेष्ट पोष्ट
२४ भदौ २०८२ १२:४३
खानेपानीमन्त्री यादवले दिए राजीनामा

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिएका छन् ।

जेन जी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन गर्दै उनले राजीनामा दिएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘प्रिय युवा भाइ बहिनीहरू तपाईं नै मेरो प्रथम सहयोगी र मेरो जोश र ऊर्जाका सुत्रधार हुनुहुन्छ। हिजो जेन जी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु। हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सही मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु।’

यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस