ओली मन्त्रिपरिषदका अर्का नेताले पनि राजीनामा दिए
काठमाडौं । केपी शर्मा ओलीको मन्त्रिपरिषदका सदस्यले धमाधम राजीनामा दिन थालेका छन् । सोमबार गृहमन्त्री रमेश लेखकले राजीनाम दिएका छन् भने आज कृषि मन्त्री रामनाथ अधिकारीले पनि राजीनाम दिने बताएका छन् ।
त्यस्तै , नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह गरेका छन् । चीन भ्रमणमा रहेका डा कोइराला भ्रमण छोट्याएर आज बेलुका नेपाल फर्कन लागेका छन् । कोइरालाले वर्तमान सरकारको औचित्य समाप्त भएको बताएका छन् ।
