साफ महिला यू- १७ च्याम्पियनसिप खेल्न गएको टोली स्वदेश आइपुग्यो

काठ्माण्डौँ । भुटानमा सम्पन्न साफ यू-१७ महिला च्याम्पियनसिप खेलेर नेपाली टोली स्वदेश फर्किएको छ।
नेपाली यू- १७ महिला टोली सोमबार बिहान नेपाल आइपुगेको हो। नेपाल सम्पन्न प्रतियोगितामा तेस्रो हुँदै स्वदेश फर्कियो।
डबल राउन्ड रोबिनमा भएको खेलमा नेपालले कूल ६ खेल खेलेको थियो। ६ खेल खेलेको नेपालले १ खेलमा मात्र जित हात पार्न सक्यो।
नेपाल भारत र बंगलादेशसँग समान २( २ खेलमा पराजित भयो। नेपालले आयोजक राष्ट्र भुटानलाई एक खेलमा पराजय गर्दा अर्का खेलमा बराबरी खेलेको थियो। प्रतियोगिता गत भदौ ५ गते सुरु भएको थियो।
साफ यू- १७ महिला च्याम्पियनसिपको उपाधि भारतले जित्यो।