प्रधानमन्त्री अस्वस्थ भएपछि संसद्मा प्रश्नोत्तर कार्यक्रम स्थगित
काठ्माण्डौँ- प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि संसद्मा आज हुने भनिएकाे प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।
एमाले मुख्य सचेतक महेश कुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिकाे बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएकाे जानकारी गराएका हुन्।
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजकाे बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची थियाे।
ट्रेन्डिङ
सम्बन्धित
जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न निर्देशन
१८ कार्तिक २०८२ १४:४४
