रविमाथि प्रधानमन्त्रीको व्यङ्ग्य, ‘भिजिट भिसामा गएर फर्किएकाले भिजिट भिसाबारे प्रश्न गर्दैछन्’

काठ्माण्डौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिमाप्रति प्रतिशोध साधेको हो भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले एक व्यक्तिमाथि प्रतिशोध साधिएको हो भने अरू कानुन अनुसार थुनामा गएका हुन् भन्ने प्रश्न पनि गरेका हुन् ।
प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘अदालत सरकारको इसारा अनुरूप चल्छ, चल्दै आएको छ त ?‘ उनले भिजिट भिसामा विदेश गएर उतै बसी उतैको नागरिक बन्दै नेपाल फर्केर नयाँ नागरिकता नलिई सांसद र मन्त्री बनेकाले अरूलाई आरोप लगाएको बताए ।
नाम नलिई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई व्यङ्ग्य गर्दै प्रधानमन्त्री ओलीले भिजिट भिसामा गएर फर्किएकाले अर्कालाई भिजिट भिसामा गएभन्दै प्रश्न गरिरहेको बताए ।