अर्जुन साउद चितवन राइनोजमा

द एभरेष्ट पोष्ट
२५ साउन २०८२ १७:०७
अर्जुन साउद चितवन राइनोजमा

काठमाडौं : नेपाली राष्ट्रिय टिमका विकेटकिपर ब्याटर अर्जुन साउद चितवन राइनोजमा आबद्ध भएका छन्।

क्याटागोरी ए का खेलाडी अर्जुन अधिकतम मूल्य १५ लाखमा चितवन राइनोजमा आबद्ध भएका छन्। चितवन राइनोज, कर्णाली याक्स, विराटनगर किंग्स बीच भएको लक्की ड्रमा चितवनले ड्र जितेको हो।

पहिलो सिजनको एनपीएलमा उनले लुम्बिनी लायन्सबाट खेलेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस