भुटानमाथि दुई सय ९८ रनको जितसहित नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

द एभरेष्ट पोष्ट
१७ असार २०८२ १३:५८
भुटानमाथि दुई सय ९८ रनको जितसहित नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौँ । नेपाल मलेसियामा जारी एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा भुटानमाथि २९८ रनको जितसहित नेपाल अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो ।

३५९ रनको चुनौती पछ्याएको भुटान ६० रनमा अलआउट भयो । नेपालका लागि विपिनप्रसाद शर्माले १० ओभरमा ६ मेडन राख्दै ७ रन खर्चेर ४ विकेद्ध लिए । त्यस्तै सुयोग भट्टराई र सचिन भट्टले २२ विके६ लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ३५८ रन बनायो । रौनक श्रीवास्तवले १३२ बलको सामना गर्दै १६८ रन बनाए ।  त्यस्तै जोए थापाले ६७ बलमा अविजित रहँदै ६१ रन बनाए ।

श्रीवांश बजगाईंले ५४, सुगम बुढाथोकीले ३५, प्रसिद्द जैसीले ७ तथा परिमार्जन यादवले २ रन बनाए । सन्जय दोर्जीले ३ विकेट लिए ।

यसअघि नेपालले इन्डोनेसिया, सिंगापुर र जापानलाई हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस