भुटानविरूद्ध नेपालले जोड्यो ३५८ रन, रौनकको शतक

द एभरेष्ट पोष्ट
१७ असार २०८२ ११:२८
भुटानविरूद्ध नेपालले जोड्यो ३५८ रन, रौनकको शतक

काठ्माण्डौँ- मलेसियामा भइरहेको एसिसी मेन्स यू-१६ इस्ट जोन कप २०२५ अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भुटानविरूद्ध ३५८ रन बनाएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ३५८ रन जोडेको हो।

नेपालका लागि रौनक श्रीवास्तावले शतक प्रहार गरे। उनले अन्तिम ओभरमा आउट हुनुअघि १३२ बलमा १६ चौका र ५ छक्काको मद्दतमा १६८ रन बनाए।

जय थापाले नटआउट ६१ रन बनाए। थापाले ६७ बलमा ७ चौका प्रहार गरे।

त्यसअघि ओपनरद्वय परिमार्जन यादव २ रन र प्रसिद्ध जैशी ७ रनमा आउट भएका थिए। दुवैलाई भुटानका सांगे दर्जीले बोल्ड गरेका थिए।

त्यसपछि शिवान्स बजाइले रनआउट हुनुअघि ५४ रन बनाए भने सुगम बुढाथोकीले ३५ रनको योगदान दिए।

यसअघि नेपालले लगातार तीन खेल जितेर सेमिफाइनलमा स्थान बनाइसेको छ। नेपालले आइतबार भएको खेलमा इन्डोनेसियालाई ३७० रनको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो। नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा जापानमाथि सहज जित निकालेको थियो।

नेपालले समिफाइनलमा घरेलु टोली मलेसियासँग खेल्नेछ। अर्को खेलमा समूह बीको विजेता हङकङ र समूह एको उपविजेता सिंगापुरबीच खेल हुनेछ।

अब प्रतियोगिताको सेमिफाइनल असार १९ र फाइनल असार २१ मा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस