कैलाली उद्योग वाणिज्य सङ्घद्वारा ट्राफिक प्रहरी उपरीक्षक कार्कीलाई स्वागत

द एभरेष्ट पोष्ट
११ जेठ २०८३ १६:३६
कैलाली उद्योग वाणिज्य सङ्घद्वारा ट्राफिक प्रहरी उपरीक्षक कार्कीलाई स्वागत

धनगढी, ११ जेठ /  कैलाली उद्योग वाणिज्य सङ्घले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका नवआगन्तुक प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीलाई स्वागत गरेको छ। आज नेपाल उद्योग वाणिज्य महासङ्घको सभाहलमा आयोजित एक कार्यक्रमका बीच प्रहरी उपरीक्षक कार्कीलाई स्वागत गरेको हो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्करराज ओझाले प्रहरी प्रशासन र उद्योगी व्यवसायीबीचको सम्बन्ध एकअर्काका परिपूरक भएको उल्लेख गर्दै समाज हित, शान्ति सुरक्षा र व्यवस्थित व्यापारिक वातावरण निर्माणका लागि सहकार्य आवश्यक रहेको बताए। उनले कानुन कार्यान्वयनसँगै व्यवसायमैत्री वातावरण कायम गर्न प्रहरी प्रशासनको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरे।

त्यस्तै, नवआगन्तुक प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले उद्योगी व्यवसायी तथा सरोकारवालासँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले सबै पक्षबाट प्राप्त हुने सल्लाह, सुझाव र सहयोगलाई आत्मसात् गर्दै कानुनको पालना गराउने तथा सर्वसाधारणलाई सहज हुने गरी ट्राफिक व्यवस्थापन र सुरक्षा प्रणाली प्रभावकारी बनाइने बताए।

कार्यक्रममा कैलाली उद्योग वाणिज्य सङ्घका पदाधिकारी, व्यवसायी तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कैलाली उद्योग वाणिज्य सङ्घले विगतदेखि कैलालीमा नयाँ आउने र विदाई भएर जाने प्रहरी प्रमुखको स्वागत एवं सम्मान गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस