मीनबहादुर गुरुङले दानमा दिएको जग्गा एमालेले नलिने

द एभरेष्ट पोष्ट
७ जेठ २०८३ १७:२३
मीनबहादुर गुरुङले दानमा दिएको जग्गा एमालेले नलिने

काठमाडौं– नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले दानमा दिने भनेको पार्टी कार्यालय भवनको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको छ ।

सचिवालय बैठकले गुरुङ दम्पतीप्रति धन्यवाद दिँदै कलंकीमा बन्ने भनिएको भवनको योजना फिर्ता गर्ने र अब मदननगर, बल्खुमा नै नयाँ केन्द्रीय कार्यालय निर्माण गर्ने निर्णय गरेको हो ।

यसअघि शिलान्यास गरिएको भए पनि भवन निर्माण अघि नबढेपछि एमालेले योजना परिवर्तन गरेको हो ।

महासचिव शंकर पोखरेलले मदन–आश्रित दिवसका अवसरमा बल्खुमै कार्यालय बन्ने घोषणा गरिसकेका थिए ।

उक्त दानसम्बन्धी विषयले पार्टीभित्र विवादसमेत सिर्जना गरेको थियो, जसका कारण नेतृ विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि अनुशासनात्मक कारबाही गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस