बागमतीले आर्मीलाई दियो २०९ रनको लक्ष्य

द एभरेष्ट पोष्ट
१५ चैत २०८२ १५:४७
बागमतीले आर्मीलाई दियो २०९ रनको लक्ष्य

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत बागमती प्रदेशले त्रिभुवन आर्मीलाई २०९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मूलपानी मैदानमा भएको ओसका कारण खेल २८ ओभरमा घटाइएको थियो । जसमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले २८ ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनायो ।

बागमतीको लागि ओपनर आशुतोष घिरौयाले सर्वाधिक ३८ रन बनाए । उनले ३६ बलमा ५ चौका प्रहार गरे । अर्का ओपनर शुभ कंसाकरले १५, पवन थापाले ३५, विवेक मगरले ३० र प्रतिश जिशीले २८ रन बनाए । कप्तान सन्दीप लामिछाने र सोनु देवकोटा क्रमशः ३० र २१ रनमा अविजित रहे ।

त्रिभुवन आर्मी क्लबका लागि नरेन साउदले ४ विकेट लिए । साहब आलम, दुर्गेश गुप्ता र वसिर अहमदले १–१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस