राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा के भयो छलफल?
काठमाडौं- राष्ट्रिय सुरक्षा परिषद्को बैठकले बिहीबारको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रृटिरहित ढंगबाट सम्पन्न गर्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले राष्ट्रिय सुरक्षामा पार्नसक्ने चुनौतीका विषयमा पनि छलफल भएको थियो।
प्रधानमन्त्री सचिवालयका अनुसार राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा देखा परेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौतीहरु र अपनाउनुपर्ने भावी रणनीतिका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित सुरक्षा निकायहरूलाई थप प्रभावकारी र समन्वयात्मक रूपमा परिचालन गर्न निर्देशन दिइन्।
बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्य सचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देललगायत उपस्थिति थिए।
