‘आबाट आमा २’ को घोषणा, दशैंमा रिलिज हुने

द एभरेष्ट पोष्ट
१० फागुन २०८२ १३:४५
‘आबाट आमा २’ को घोषणा, दशैंमा रिलिज हुने

काठमाडौं- यस्तो देखिन्छ, अभिनेता पल शाहलाई पछिल्लो समय भाग्यले साथ दिइरहेको छ । उनी अभिनित फिल्महरू बक्सअफिसमा एकपछि अर्को हिट बनिरहेका छन् ।

यसवर्ष प्रदर्शनमा आएका दुई फिल्महरू ‘मोहर’ र ‘आबाट आमा’ बक्सअफिसमा हिट बने । प्रदर्शनरत फिल्म ‘आबाट आमा’ ले त बक्सअफिसमा १० करोडभन्दा धेरै कमाइ गरिसकेको छ ।

यस्तोमा, अभिनेता शाह आइतबार जन्मदिन मनाउँदैछन् । उनले रानीवनस्थित मानवसेवा आश्रममा कार्यक्रम गर्दै जन्मदिन मात्र मनाएनन्, सोही अवसरमा उनको पछिल्लो हिट फिल्म ‘आबाट आमा’ को दोस्रो श्रृंखला निर्माणको घोषणा गरियो ।

योसँगै शाह र निर्देशक चन्द्र पन्तको दोस्रोपटकको सहकार्य पक्कापक्का भएको छ । सो अवसरमा ‘आबाट आमा’ को दोस्रो श्रृंखलाको टिजर पोस्टर सार्वजनिक गरिएको छ । साथै, यो फिल्म २०८३ सालको दशैंमा रिलिज हुने समेत घोषणा गरिएको छ ।

टिजर पोस्टरमा शाहलाई क्यारेक्टर लुक्समा देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस