दार्जुलामा एक प्रहरी हवल्दार मृत फेला
दार्चुला- दार्चुला सदरमुकामस्थित बंगाबगर बजारमा एक जना प्रहरी हवल्दार मृत भेटिएका छन् ।
मंगलबार बिहान महाकाली नगरपालिका–४ बंगाबगरमा प्रहरी हवल्दार योगेन्द्र घर्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।
प्रहरीका अनुसार उक्त शव सडकभन्दामाथि घरहरुको पछाडी फेला परेको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएको र लगत्तै घटनास्थलमा प्रहरी खटिएको थियो ।
घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।
