निर्वाचन आचारसंहिताबारे आयोगमा छलफल
काठमाडौं- निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगले छलफल थालेको छ । आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेको हो ।
शुक्रबार (माघ २) मध्याह्नदेखि आयोगमा छलफल जारी छ । आयोगले दलहरूलाई आचारसंहिता पालनामा प्रतिबद्धता व्यक्त गराउन लागेको हो ।
छलफलमा आयोग पदाधिकारीसहित विभिन्न दलका प्रतिनिधि उपस्थित छन् । छलफलबारे आयोगले यसअघि नै दलहरूलाई जानकारी गराएको थियो । नेपाली कांग्रेसका तर्फबाट मीन विश्वकर्मा छलफलमा सहभागी छन् ।
