आज प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै
काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दै छिन् ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार चुनावको तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले आज दिउँसो बालुवाटारमा शीर्ष नेताहरुसँग छलफल गर्न लागेकी हुन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा शीतल निवासमा प्रधानमन्त्री कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेकी थिइन् ।
चुनावको वातावरण बनाउन सरकारका प्रवक्ता खरेलले हिजो देउवा, ओली र दाहालसँग उनीहरुकै निवासमा पुगेर छलफल गरेकी थिइन् । तीन दलका शीर्ष नेतासँगको भेटवार्तापछि सञ्चारमन्त्री खरेलले आउँदो फागुन २१ गतेका लागि तय भएको चुनाव तोकिएकै समयमा हुने र त्यसमा सबै राजनीतिक दलहरू सहभागी हुने बताए थिए ।
