प्रचण्ड र मन्त्री खरेलबिच भेटवार्ता

द एभरेष्ट पोष्ट
११ पुष २०८२ १४:३६
प्रचण्ड र मन्त्री खरेलबिच भेटवार्ता

 काठ्माण्डौ- निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेता सँगको संवादलाई वर्तमान सरकारले निरन्तरता दिएको छ।

यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग उनको निवास खुमल्टारमा भेटवार्ता गरेका छन‍्।

राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निर्वाचनमा केन्द्रित रहेर छलफल गरेका थिए।

राष्ट्रिय सहमति कायम गर्दै आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन वर्तमान सरकार क्रियाशील छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस