रमेश लेखक जाँचबुझ आयाेगमा बयान दिन जाने

द एभरेष्ट पोष्ट
११ पुष २०८२ १३:३०
रमेश लेखक जाँचबुझ आयाेगमा बयान दिन जाने

काठमाण्डाै – नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनसम्बन्धी घटनाको जाँचबुझ गर्न गठित आयोगमा बयान दिने निर्णय गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता लेखकले आउँदाे साेमवार आयोगमा उपस्थित भएर बयान दिने बताएका हुन् । भदाै २३ र २४ गतेको घटनाको बारेमा जाँचबुझ गर्न गठित आयोगले आफूलाई घटनाका बारेमा जानकारी लिन बोलाएको र आफूले बयान दिने निर्णय गरेको उनले बताए ।

उनले भने, ‘भाद्र २३ र २४ गतेको घटनाको बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ । मैले आयोगमा जाने निर्णय गरेको छु ।’

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि बोलाएको थियो । आयोगले लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस