बालेनसँगको वार्तापछि रविको प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ?

द एभरेष्ट पोष्ट
१० पुष २०८२ १५:५२
बालेनसँगको वार्तापछि रविको प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् ।

ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो । वार्ता सकेर लामिछाने भर्खरै निस्किएका हुन् ।

बालेनसँगको वार्तापछि उनलाई सञ्चारकर्मीले वार्ता के भयो ? भनेर प्रश्न गरेका थिए ।

सो क्रममा रविले प्रतिप्रश्न गर्दै भनेका छन्, ‘मेरो अनुहारले के भन्छ ?’

उनले भेटबारे सञ्चारकर्मीसँग यतिमात्रै भने । प्राय मिडियासँग खुला कुराकानी गर्ने लामिछानेले यो भेटबारे भने केही बताएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस