काठमाण्डुले लुम्बिनीविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत इलिमिनेटर राउण्डमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ।
त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
