प्रधानमन्त्री कार्कीसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

द एभरेष्ट पोष्ट
२० मंसिर २०८२ १४:५७
प्रधानमन्त्री कार्कीसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेट गरेका छन् ।

आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल जापान सम्बन्धको ७० औं वर्षगॉंठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल गर्नका लागि शिष्टाचार भेट भएको हो ।

सो अवसरमा राजदूत तोरुले सरकारको समयमै चुनाव गराउने संकल्पको सह्राहना गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको दोहोऱ्याए ।

प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकास लगायत विविध क्षेत्रमा पुऱ्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग(सद्भाव रहने विश्वास व्यक्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस