भारतमा जारी ब्लाइन्ड महिला टी-२० विश्वकपमा नेपालको विजयी सुरुवात
काठमाडौं । भारतमा जारी ब्लाइन्ड महिला टी-२० विश्वकपमा नेपालले विजयी सुरुवात गरेको छ ।
नेपालले आफ्नो पहिलो खेलमा बुधबार श्रीलंकामाथि ९ विकेटको शानदार जित हासिल गरेको हो । श्रीलंकाले दिएको ८८ रनको लक्ष्य नेपालले ५.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।
ओपनर मनकेसी चौधरीले २२ बलमा अविजित ६१ रनको आक्रामक पारी खेलिन् । बिन्दा पुनले ८ बलमा १३ रन बनाइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनाएको थियो । मिहिरानी दुलान्जलीले सर्वािधक २३ रन बनाइन् ।
