सगरमाथाको तिब्बततर्फ फेदीमा हिमपात, सयौँ आरोही सम्पर्कविहीन
काठमाडौं । तिब्बततिरबाट सगरमाथा आरोहणका लागि गएका विभिन्न देशका सयौँ आरोही खराब मौसमका कारण फसेका छन् । चिनियाँ सरकारी मिडियाका अनुसार सगरमाथाको तिब्बततर्फको आधार शिविरमा क्याम्पिङ लगाएको ठाउँमा उनीहरू फसेका हुन् ।
३५० जना पर्वतारोहीको सुरक्षित उद्धार गरिएको छ भने दुई सय भन्दा धेरै व्यक्ति सम्पर्कमा आएको समाचारमा उल्लेख छ ।
करिब एक हजार आरोही फसेकोमा सयौँ सम्पर्कविहीन छन् । कर्मा घाँटीमा शुक्रवार रातिदेखि हिमपात भएकाले आरोही फसेका हुन् ।
ट्रेन्डिङ
ताजा समाचार
सम्बन्धित
प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
२९ कार्तिक २०८२ १०:५५
