रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग गठन, सहसचिवमा दाङका बेल्वासे निर्विरोध निर्वाचित

द एभरेष्ट पोष्ट
२१ वैशाख २०८२ ६:४८
रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग गठन, सहसचिवमा दाङका बेल्वासे निर्विरोध निर्वाचित

 

लन्डन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग बेलायतको पहिलो महाधिवेशन सम्पन्न भएको छ ।

महाधिवेशनबाट पवन शर्मा सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । यस्तै उपसभापतिमा कुलेश्वर ढकाल, सचिवमा कृष्ण लुइँटेल, सहसचिवमा रमेश बेल्बासे र कोषाध्यक्षमा बाबुराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन्।

नवनिर्वाचित सहसचिव रमेश बेल्बासे दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी हुन् । उनले विभाग अन्तर्गत गठन गरिएको व्यवसाय सहायता डेस्कको नेतृत्व गर्ने जिम्मेवारी पनि पाएका छन् ।

उक्त डेस्कले बेलायतमा रहेका नेपाली व्यवसायी तथा उद्यमीहरूलाई आवश्यक स्रोत, व्यवसायिक तालिम, र विशेषज्ञता प्रदान गर्नुका साथै नेपालमा लगानी तथा व्यवसाय विस्तारको अवसरका लागि पुलको रूपमा कार्य गर्ने छ।

यसको पहलले बेलायतमा रहेका प्रवासी नेपालीहरूलाई सशक्त पार्दै, नेपालमा आर्थिक समृद्धिमा प्रत्यक्ष योगदान दिने विश्वास लिइएको छ। कार्यक्रममा सांसद तथा नीति विश्लेषक डा. स्वर्णिम वाग्लेले सम्बोधन गरेका थिए ।

‘हामीसंग धेरै समय छैन। भूराजनीति पेचिलो बन्दैछ। जलवायु परिवर्तनजस्ता ग्लोबल समस्यादेखि आन्तरिक रुपमा बसाइसराइ, शहरीकरणजस्ता कयौं मुद्धा छन्। अबको ५-१० वर्षमै नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा पुर्‍याउन जुन खालको आर्थिक पुनर्संरचना, लगानीको माहोल, डायस्पोरासंगको सहकार्यजस्ता थुप्रै आधारहरु आवश्यक पर्छन्, त्यहि क्षेत्रमा काम गर्ने मेरो चाहना छ,’ उनले भने।

गैरआवासीय नेपालीहरुको विषयमा पार्टीको प्रस्तावनामै उल्लेख गरेर स्पष्ट प्रतिवद्धता गर्ने रास्वपा नै एक मात्र पार्टी रहेको भन्दै डा वाग्लेले राजनीतिकबाहेकका अरु सबै अधिकारसहितको एनआरएनए नागरिकता संविधानमै व्यवस्था भइसकेका कारण तत्काल कार्यान्वयन हुनुपर्ने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

सोफिज वर्ल्ड

२ वैशाख २०८२ १२:३६

खोज्नुहोस