यूएईमा एक सय ६६ नेपाली बन्दीलाई आममाफी
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर त्यहाँका विभिन्न जेलमा रहेका एक सय ६६ जना नेपाली बन्दीलाई आम माफी दिएको छ। अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा यूएई सरकारले उनीहरूलाई आममाफी दिएको हो।
सरकारले पवित्र महिना रमादान एवं ईद पर्वका अवसरमा एक सय ६६ जना नेपाली बन्दीलाई आम माफी दिइएकामा संयुक्त अरब इमिरेट्स (युएई) सरकारप्रति हार्दिक कृतज्ञता ज्ञापन गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै युएई सरकारको उक्त कदम हार्दिकतापूर्ण द्विपक्षीय सम्बन्धको नमुना भएको जनाएको छ।
ट्रेन्डिङ
सम्बन्धित
विराटनगरविरुद्ध विशाल जित निकाल्दै सुदूरपश्चिम लगातार दोस्रोपटक एनपीएलको फाइनलमा
२४ मंसिर २०८२ १९:२८
