कैलाली उद्योग वाणिज्य संघमा ओझाको अग्रता कायमै

धनगढी, २६ असोज ।
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणनाको प्रारम्भदेखि नै अध्यक्षमा पुष्कर ओझाले अग्रता कायम गरेका छन् ।

६०० मत गणना हुदा ओझाले २९८ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार रुपेश स्वाँरले २७५ मत प्राप्त गरेका छन् । दुबै जनाबीच २३ मतको अन्तर छ । ओझाले मतान्तर झिनो मतले बढाउदै लगेका छन् ।

बरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका उम्मेदवार केशव राज जोशीले अग्रता कायम गरेका छन् । जोशीले २९४ मत प्राप्त गर्दा ओम बहादुर बिष्टले १८८ मत ल्याएका छन् । अर्का उम्मेदवार सुरेन्द्र राठीले १०३ मत प्राप्त गरेका छन् ।

त्यस्तै उद्योग तर्फको उपाध्यक्षमा लक्ष्मणराज पन्तले भारी मतले अग्रता कायम गरेका छन् । पन्तले ३०६ मत प्राप्त गर्दा सोही पदका अर्का उम्मेदवार बासुदेव भट्टले २२६ मत प्राप्त गरेका छन् ।

यसैगरी एशोसियट उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार कविन्द्र पन्तले १९२ मत, मनोज अग्रवालले १९० र अनिल कुमार भोजानियाले १७७ र मत ल्याएका छन् ।

त्यस्तै वाणिज्य तर्फको उपाध्यक्षमा गगनराज केसीले २९९ मत प्राप्त गर्दा अर्की उम्मेदवार राधिका कुमारी चौधरीले २३७ मत ल्याएकी छन् ।
वस्तुगत तर्फको उपाध्यक्षमा भीम राज ओझा अबुले अग्रता कायम गरेका छन् । ओझाले ३१४ मत प्राप्त गर्दा अर्का उम्मेदवार सिद्धराज पनेरुले २४० मत ल्याएका छन् ।

त्यस्तै महासचिवमा दिनेश लम्सालले ३०० मत ल्याएका छन् । उनलाई पछ्याईरहेका सुरेश राज पाण्डेयले २५२ मत पाएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा तिलक सिंह बोहराले भारी अन्तरले अग्रता कायम गरेका छन् । बोहराले ३६१ मत ल्याउदा उनका प्रतिस्पधर्मी सुरेन्द्र बहादुर कडायतले १६१ मत पाएका छन् ।

त्यस्तै सचिव पदमा स्वाँर प्यानलका प्रकाश बहादुर चन्दले २९४ मत सहित अग्रता कायम गरेका छन् ।
कृष्णा कुमारी बिष्टले १५८ र अर्की उम्मेदवार कोपिला कुँवर चौलागाईले १०३ मत ल्याएकी छन् ।

२३३५ मतदाता रहेको कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा १९४० (८३ प्रतिशत) मत खसेको थियो ।

 

कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष पदमा कडा प्रतिस्पर्धा

धनगढी, २६ असोज ।
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणनाको प्रारम्भदेखि नै अध्यक्षमा पुष्कर ओझाले अग्रता कायम गरेका छन् ।

४०० मत गणना हुदा ओझाले १९९ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार रुपेश स्वाँरले १८२मत प्राप्त गरेका छन् । ओझाले चार सय मतको गणना हुदा मतान्तर बढाएका छन् । दुबै जनाबीच १७ मतको अन्तर छ ।

बरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका उम्मेदवार केशव राज जोशीले अग्रता कायम गरेका छन् । जोशीले १८३ मत प्राप्त गर्दा ओम बहादुर बिष्टले १३० मत ल्याएका छन् । उनीहरुकाबीच ७३ मतको अन्तर छ । अर्का उम्मेदवार सुरेन्द्र राठीले २८ मत प्राप्त गरेका छन् ।

त्यस्तै उद्योग तर्फको उपाध्यक्षमा झण्डै दोब्बर मतले लक्ष्मणराज पन्तले अग्रता कायम गरेका छन् । पन्तले २२२ मत प्राप्त गर्दा सोही पदका अर्का उम्मेदवार बासुदेव भट्टले १३१ मत प्राप्त गरेका छन् ।

यसैगरी एशोसियट उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार कविन्द्र पन्तले १२२ मत, अनिल कुमार भोजानियाले १२३ र मनोज अग्रवालले १२१ मत ल्याएका  छन् ।

त्यस्तै वाणिज्य तर्फको उपाध्यक्षमा गगनराज केसीले १९७ मत प्राप्त गर्दा अर्की उम्मेदवार राधिका कुमारी चौधरीले १५५ मत ल्याएकी छन् ।

वस्तुगत तर्फको उपाध्यक्षमा भीम राज ओझा अबुले अग्रता कायम गरेका छन् । ओझाले २१४ मत प्राप्त गर्दा अर्का उम्मेदवार सिद्धराज पनेरुले १५४ मत ल्याएका छन् ।

त्यस्तै महासचिवमा दिनेश लम्सालले १९९ मत ल्याएका छन् । उनलाई पछ्याईरहेका सुरेश राज पाण्डेयले १६७ मत पाएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा तिलक सिंह बोहराले भारी अन्तरले अग्रता कायम गरेका छन् । बोहराले २४० मत ल्याउदा उनका प्रतिस्पधर्मी सुरेन्द्र बहादुर कडायतले ३७ मत पाएका छन् ।
त्यस्तै सचिव पदमा स्वाँर प्यानलका प्रकाश बहादुर चन्दले १९५ मत सहित अग्रता कायम गरेका छन् ।

कृष्णा कुमारी बिष्टले १०७ र अर्की उम्मेदवार कोपिला कुँवर चौलागाईले ६६ मत ल्याएकी छन् ।

२३३५ मतदाता रहेको कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा १९४० (८३ प्रतिशत) मत खसेको थियो ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पदमा कडा प्रतिस्पर्धा

धनगढी, २६ असोज ।
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणनाको प्रारम्भदेखि नै अध्यक्षमा पुष्कर ओझाले अग्रता कायम गरेका छन् ।

२०० मत गणना हुदा ओझाले ९८ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार रुपेश स्वाँरले ९२ मत प्राप्त गरेका छन् । दुबै जनाबीच छ मतको अन्तर छ ।

बरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका उम्मेदवार केशव राज जोशीले अग्रता कायम गरेका छन् । जोशीले ९४ मत प्राप्त गर्दा ओम बहादुर बिष्टले ७० मत ल्याएका छन् । उनीहरुकाबीच २४ मतको अन्तर छ । अर्का उम्मेदवार सुरेन्द्र राठीले २८ मत प्राप्त गरेका छन् ।

त्यस्तै उद्योग तर्फको उपाध्यक्षमा झण्डै दोब्बर मतले लक्ष्मणराज पन्तले अग्रता कायम गरेका छन् । पन्तले ११३ मत प्राप्त गर्दा सोही पदका अर्का उम्मेदवार बासुदेव भट्टले ६४ मत प्राप्त गरेका छन् ।

यसैगरी एशोसियट उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार कविन्द्र पन्तले अग्रता कायम गरेका छन् । पन्तले ७२ मत ल्याएका छन् । उपाध्यक्ष पदका उम्मेदवारहरु मनोज अग्रवाल र अनिल कुमार भोजानियाले समान ५८ मत ल्याएका छन् ।

त्यस्तै वाणिज्य तर्फको उपाध्यक्षमा गगनराज केसीले १०६ मत प्राप्त गर्दा अर्की उम्मेदवार राधिका कुमारी चौधरीले ७५ मत ल्याएकी छन् ।

वस्तुगत तर्फको उपाध्यक्षमा भीम राज ओझा अबुले अग्रता कायम गरेका छन् । ओझाले १११ मत प्राप्त गर्दा अर्का उम्मेदवार सिद्धराज पनेरुले ८८ मत ल्याएका छन् ।
त्यस्तै महासचिवमा दिनेश लम्सालले ९७ मत ल्याएका छन् । उनलाई पछ्याईरहेका सुरेश राज पाण्डेयले ९० मत पाएका छन् । दुबैबीच ७ मतको अन्तर छ ।

त्यसैगरी कोषाध्यक्षमा चार गुणाबढि मत ल्याएर तिलक सिंह बोहराले अग्रता कायम गरेका छन् । बोहराले १२८ मत ल्याउदा उनका प्रतिस्पधर्मी सुरेन्द्र बहादुर कडायतले ३७ मत पाएका छन् ।

त्यस्तै सचिव पदमा स्वाँर प्यानलका प्रकाश बहादुर चन्दले ८७ मत सहित अग्रता कायम गरेका छन् । कृष्णा कुमारी बिष्टले ५५ र अर्की उम्मेदवार कोपिला कुँवर चौलागाईले ४४ मत ल्याएकी छन् ।

हमासले बन्धक बनाएका सबैको रिहाइको अन्तिम तयारी, विपीन जोशीको अवस्था भने अज्ञात

काठमाण्डौ  : प्यालेस्टिनी विद्रोही समूह हमासले दुई वर्ष अघि इजरायलबाट अपहरण गरेर बन्धक बनाएका मध्ये बाँकी सबै बन्धक रिहाइको अन्तिम तयारी भइरहँदा नेपालका विपीन जोशीको अवस्था भने अज्ञात रहेको छ ।

हमास स्रोतलाई उद्धृत गर्दै बीबीसी, सीएनएन लगायतका अन्तराष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको विवरण अनुसार अपहरणमा परेका मध्ये विपीन जोशीसहित दुई जनाको अवस्था अज्ञात रहेको हो । बीबीसीका अनुसार हमासले इजरायलमा आक्रमण गर्दा अपरहणमा परेका मध्ये ४८ जना बन्धक रिहाइ हुन बाँकी छ । उनीहरु मध्ये २० जना जिवित रहेका छन् । २६ जनाको ज्यान गइसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जिवित बन्धक र मृतकको अवशेष सोमवारसम्ममा हमासले इजरायलको जिम्मा लगाउने बताउनुभएको छ । अमेरिका, इजिप्ट र कतारका मध्यस्थतामा इजिप्टको शर्म एल–शेखमा भएको वार्तामा गाजामा युद्धविराम गर्ने सहमति भएको हो ।

इजरायल र हमासबीचको युद्धविराम सम्झौता शुक्रवार बिहानदेखि लागू भएपछि इजरायली सेनाले गाजाका केही भागबाट आफ्ना सेना फिर्ता गरेको बताएको छ । अहिले हजारौँ प्यालेस्टिनीहरू गाजाको उत्तरतिर गइरहेका बीबीसीले जनाएको छ । यस्तै संयुक्त राष्ट्रसङ्घले युद्धविरामपछि गाजाका सबै बासिन्दाका लागि तीन महिनालाई पुग्ने खाद्यन्न गाजामा पुर्‍याएकाे जनाएको छ ।

 

एनआरएनएको दाबी : गैरआवासीय नेपालीहरूको एक खर्बभन्दा बढी लगानी नेपाल भित्रियो

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा करिब एक खर्ब रुपैयाँभन्दा बढी को लगानी भित्र्याएको तथ्याङ्क सार्वजनिक गरेको छ।एनआरएनएले आफ्नो २२ औँ स्थापना दिवस को अवसर पारेर शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सो तथ्याङ्क सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै एनआरएनएका अध्यक्ष डा. बद्री केसीले नेपालको अर्थतन्त्रमा ठुलो सुधार ल्याउनका लागि आफूहरूले जोड दिएको बताए। उनले गैरआवासीय नेपालीहरूले आफूले सिकेको सीपको पनि नेपालमा अधिकतम उपयोग गर्न सक्दो प्रयास गरिरहेको जानकारी दिए। अध्यक्ष केसीले नेपालमा लगानी बढाउन आफूहरू प्रतिबद्ध रहेको बताए।

उनले भने, ‘हामीले कमाएको केही अंश मात्रै पनि नेपालमा पठायौँ भने नेपालको अर्थतन्त्रमा धेरै ठुलो सुधार हुन्छ भन्ने हाम्रो पहिलो एजेन्डा हो। अहिलेको अवस्थामा नेपालमा १ खर्बभन्दा बढी गैरआवासीय नेपालीहरूको शिक्षा, बैङ्किङ, कृषि, हाइड्रो लगायतका विभिन्न क्षेत्रमा लगानी छ।’

उनले उदाहरण दिँदै भने, ‘यदि नेपालमा कुनै पनि दुर्गम ठाउँमा पनि आधुनिक, सफा क्याफे देख्नुहुन्छ भने त्यो गैरआवासीय नेपालीले खोलेको छ। यदि कहीँ आधुनिक कृषि देख्नुहुन्छ भने गैरआवासीयहरूले विदेशमा गएर सिकेर आएर गरेको छ।’ उनले विदेशी भूमिमा भन्दा नेपालमा नै बढी लगानी गर्नुपर्छ भनेर आफूहरू लागेको बताए।

एनआरएनएले आफूहरूले विश्वभर नेपालको पहिचान दिलाउन महत्त्वपूर्ण योगदान दिएको पनि दाबी गरेको छ। अध्यक्ष केसीले राजदूतावास नभएको ठाउँमा पनि नेपालीहरूले आफ्नो देशको पहिचान गराउने काम गरेको जिकिर गरे।

शाहरुख खान अरबपति क्लबमा प्रवेश

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान पहिलो पटक अरबपति क्लबमा प्रवेश गरेका छन् । आर्थिक प्रतिष्ठित सूची हुरुन रिच लिस्ट अनुसार शाहरुखको कुल सम्पत्ति हाल भारु.१२,४९० करोड (लगभग १.४ अर्ब डलर) पुगेको छ, जसले उनलाई भारतका सबैभन्दा धनी सेलिब्रिटी बनाएको छ ।

यसअघि शाहरुखको सम्पत्ति ८७० मिलियन डलरको आसपास रहेको थियो । उनका आयका प्रमुख स्रोतहरूमा बलिउड फिल्म उद्योग, रेड चिलिज इन्टरटेन्मेन्ट प्रोडक्सन हाउस र कोलकाता नाइट राइडर्स (आईपीएल क्रिकेट टिम) समावेश छन् । यसबाहेक, उनले आफ्नो छोरा आर्यन खानको निर्देशनमा बनेको फिल्म ‘बास्टर्ड अफ बलिउड’ बाट पनि आम्दानी गरेका छन् ।

विश्लेषकहरूले शाहरुखको सम्पत्ति वृद्धि फिल्म उद्योगमा मात्रै सीमित नभई, क्रिकेट र अन्य व्यावसायिक क्षेत्रहरूमा पनि उनको प्रभाव जमेको प्रमाण भएको बताएका छन्।

शाहरुख खानको सम्पत्ति अहिले धेरै अन्तर्राष्ट्रिय प्रसिद्ध व्यक्तिहरूको भन्दा बढी भएको छ । उनी टेलर स्विफ्ट (१.३ अर्ब डलर), अर्नोल्ड श्वार्जनेगर (१.२ अर्ब डलर), प्रसिद्ध हास्य कलाकार जेरी सीनफेल्ड (१.२ अर्ब डलर) र लोकप्रिय गायिका तथा अभिनेत्री सेलेना गोमेज (७२० मिलियन डलर) भन्दा धनी बनेका छन् ।

महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक

काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमालले आफ्नो आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरेका छन् । शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा हमाल स्वयंले पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा बोल्दै हमालले करिब तीन वर्षको तयारीपछि पुस्तक प्रकाशनमा आएको जानकारी दिए । उनले भने, ‘करिब करिब हामीलाई यो पुस्तक लेख्न तीन वर्ष लाग्यो । रोचक ढंगले यो पुस्तक सबैको सामु आएको छ ।’

उनका अनुसार पुस्तकमा चलचित्र क्षेत्रका अनुभव मात्र नभई समाज, राजनीति, धर्म, मनोविज्ञान, मानवीय जीवन, बाल्यकाल, पारिवारिक पृष्ठभूमि लगायत विविध विषयवस्तु समेटिएका छन् ।

‘प्रश्नकर्ता र म मिलेर सबै कुरा यो पुस्तकमा समेटेका छौं । यो पुस्तकमा सिनेमाका मात्रै कुराहरु नभएर सिनेमा र समाजसँग सम्बन्धित धेरै पाटाका कुराहरु छन् । राजनीति, धर्म, केही मनोविज्ञानका कुरा छन्, मानवीय जिवनका कुराहरु छन्, आफ्नो बाल्यकालको परिवारको कुरा छ । सम्बन्ध पारिवारिक माहोलका कुराहरु पनि पुस्तकमा छन् । ’

साथै उनले पुस्तक तयार भएर पढ्दा आफ्नो सम्पूर्ण जीवनलाई एकचोटि पछाडि फर्केर हेरेजस्तो लागेको बताए ।

‘यो पुस्तक तयार भएर पढ्दा मलाई आफ्नो सम्पूर्ण जीवनलाई एकचोटि पछाडि फर्केर हेरेजस्तो लाग्यो । फेरि त्यही जीवन फेरि जिएँ जस्तो महसुस भयो,’ हमालले भने । फाइनप्रिन्टले प्रकाशन गरेको पुस्तकमा हमालको ३५ वर्ष लामो फिल्म करिअर, अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तिगत जीवन, परिवार एवम् समाज र अन्य विभिन्न विषय समेटिएको छ । लेखक एवम् पत्रकार यज्ञशसँगको सहकार्यमा पुस्तक तयार पारिएको हो ।

 

उत्तर कोरियाद्वारा भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन

सियोल । उत्तर कोरियाले आफ्नो सत्तारुढ वर्कर्स पार्टीको ८०औँ वार्षिकोत्सवको अवसरमा आयोजित भव्य सैन्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) प्रदर्शन गरेको छ । त्यहाँको सरकारी मिडिया कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार उक्त परेडमा रुस र चीनका उच्च अधिकारीहरू पनि उपस्थित थिए ।

परेडमा नेता किम जोङ उनले व्यक्तिगत रूपमा नेतृत्व गरेका थिए । हालै युक्रेनमा भइरहेको युद्धले उनलाई मस्कोसँग अझ निकट बनाएको देखिन्छ । उत्तर कोरियाले रुसको सेनासँगै लड्न हजारौँ सैनिक पठाइसकेको र त्यसको प्रतिफलस्वरूप रुसबाट महत्वपूर्ण सहयोग प्राप्त गरेको बताइन्छ ।

रूसी सुरक्षा परिषद्का उप–प्रधान तथा राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी दिमित्री मेदभेदेव, चिनियाँ प्रधानमन्त्री ली किआङ र भियतनामका नेता टो लाम परेडमा सहभागी थिए । केसिएनएले प्रकाशित तस्बिरहरूमा सबैजना किमको छेउमै बसेका देखिएका थिए ।

उक्त परेडमा देशका अत्याधुनिक हतियारहरू प्रदर्शन गरिएको थियो, जसमा नयाँ ह्वासोङ-२० आइसिबिएम पनि समावेश थियो । केसिएनएले यस मिसाइललाई ‘सबैभन्दा शक्तिशाली आणविक रणनीतिक हतियार प्रणाली’ भनेर वर्णन गरेको छ ।

राजधानी प्योङयाङमा राति सम्पन्न सो कार्यक्रम अत्यन्त रङ्गीन बनेको थियो । परम्परागत पहिरनमा सजिएका हजारौँ नागरिकहरूले राष्ट्रिय झण्डा फहराउँदै उत्साहपूर्वक हर्षोल्लास प्रकट गरेका थिए । मुख्य सडकहरूमा आधुनिक हतियारहरू प्रदर्शन भइरहेका दृश्यहरू टेलिभिजन प्रसारणमार्फत देखाइएका थिए ।

केसिएनएका अनुसार लामो दूरीका रणनीतिक क्रूज मिसाइल, ड्रोन प्रक्षेपण सवारी साधन, भूमि–देखि–हावा र भूमि–देखि–भूमि मिसाइललगायत विशेष हतियारहरू क्रमशः परेडमा देखाइएका थिए ।

नेता किम जोङ उनले सम्बोधन गर्दै देशको ‘अजेय’ सेनाले हरेक कठिनाइ पार गरेर उज्ज्वल भविष्यको निर्माणमा पार्टीका प्रयासलाई दोब्बर शक्ति थपेको बताए । उनले युक्रेनविरुद्धको युद्धमा रुसको सेनासँगै लडिरहेका उत्तर कोरियाली सैनिकहरूको वीरता र बलिदानको खुलेर प्रशंसा गरे ।

“अन्तर्राष्ट्रिय न्यायका लागि विदेशी भूमिमा हाम्रा क्रान्तिकारी सशस्त्र सेनाले प्रदर्शन गरेको अदम्य लडाइँको भावना र जितले वैचारिक तथा आध्यात्मिक पूर्णता देखाएको छ”, उनले भने ।

दक्षिण कोरियाको दाबीअनुसार रुसका लागि लडिरहेका करिब छ सय उत्तर कोरियाली सैनिक मारिएका छन् भने हजारौँ घाइते भएका छन् ।

सिएनएले परेडलाई ‘देशको अतुलनीय रक्षा प्रविधि क्षमता र तीव्र विकासगत प्रगतिको प्रदर्शन’ भनेर वर्णन गरेको छ । यसले विश्वलाई अब उत्तर कोरियालाई बेवास्ता गर्न नसक्ने सन्देश दिएको जनाइएको छ ।

दक्षिण कोरियाले यस वर्षको एपेक शिखर सम्मेलनको अवसरमा उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच सम्भावित बैठकलाई ‘अस्वीकार गर्न नसकिने’ बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग तीनपटक भेट गर्नुभएको थियो र एकपटक ‘हामी प्रेममा पर्‍यौँ’ भन्दै असामान्य टिप्पणी गरेका थिए । तर ती भेटघाटहरूबाट स्थायी आणविक सम्झौता हुन सकेन । त्यसयता उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय आणविक राज्य’ घोषित गरेको छ ।

गत महिना बेइजिङमा आयोजित विशाल सैन्य परेडमा किम, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन एकसाथ उपस्थित भएका थिए ।

यसै हप्ता केसिएनएले मस्को र प्योङयाङबीच जारी संयुक्त वक्तव्यमा रुसको सत्तारूढ पार्टीले उत्तर कोरियाको रक्षा क्षमता विस्तारका लागि चालेका कदमहरूलाई दृढ समर्थन जनाएको उल्लेख गरेको थियो ।

हार्वर्ड विश्वविद्यालयको एसिया सेन्टरका भिजिटिङ स्कलर सेओङ–ह्योन लीका अनुसार यो परेडलाई पृथक घटनाको रूपमा नभई, क्षेत्रीय भूराजनीतिक संरचनामा भइरहेको गहिरो परिवर्तनको चरम रूपका रूपमा बुझ्न जरुरी छ ।

उनी भन्छन्, “यो परेड वासिङ्टन र सियोलबीचको बलियो गठबन्धनलाई प्रत्यक्ष चुनौती दिने कडा चेतावनी हो, किनभने अब यसको ढोकामा चीन, रुस र उत्तर कोरियाको समेकित तथा शक्तिशाली त्रिपक्षीय ब्लक तयार भइसकेको छ ।”

 

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।

राष्ट्रपति पौडेललाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक रत्नमणि गजुरेलले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको अवस्था सामान्य रहेको जानकारी दिए ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको छ । हाल सम्माननीय ज्यूको स्वास्थ्य परिक्षण भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदछौँ ।

उनलाई शनिबार बिहान साढे ११ बजे अस्पताल लगिएको हो ।b

जेनजी नेपालको अपिल- हाम्रो विद्रोहले दल अश्वीकार गरेको होइन, चुनावको विकल्प छैन

काठमाडौं । जेनजी प्रतिनिधि रक्षा बमले राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन अपिल गरेकी छन्। इतिहासले अहिलेका राजनीतिक दलहरूलाई एउटा गम्भीर मोडमा उभ्याएको भन्दै समस्याको समाधान निर्वाचनकाे विकल्प नभएको उनको भनाइ छ।

अपिलमा भनिएको छ, ‘अब आवश्यक कुरा विद्रोहको आवेग होइन । न त विद्रोहलाई गिज्याउने शैली नै हो । आजको आवश्यकता यस विद्रोहको सत्यलाई संस्थागत रूप दिने विवेकको हो । इतिहासले अहिलेका राजनीतिक दलहरूलाई एउटा गम्भीर मोडमा उभ्याएको छ । या त जनताको विश्वास पुनःआर्जन गर्ने साहस देखाउनुहोस् । या फेरि इतिहासको परित्यक्त पानामा हराउन तयार रहनुहोस् ।’

नेपाल नयाँ युगको प्रवेशद्वारमा उभिएको उनको भनाइ छ। उनले भनेकी छन्, ‘अब पाखा पल्टिने होइन, मार्ग तय गर्ने समय आएको छ । यही प्रक्रिया हाम्रो लोकतान्त्रिक निरन्तरताको आधार हो। यही बाटो विद्रोहको औचित्यलाई संस्थागत बनाउने माध्यम हो । अव चुनावमा जानु राष्ट्रको साझा राजनीतिक जिम्मेवारी हो । इतिहाससँगको हाम्रो प्रतिवद्धताको निर्णायक परीक्षा हो ।’

परिवर्तनको म्यान्डेट जनताको हातमा सुम्पिने ऐतिहासिक घडीमा सम्पूर्ण राजनीतिक दल, राजनीतिक शक्ति, नागरिक समाज, जेन-जी साथीहरू, युवा पुस्ता एवम् सम्पूर्ण नेपाली नागरिकहरूमा निर्वाचनमा लाग्न अपिल गरेको छ।

यो समूहमा प्रदिप ज्ञवाली,युजन राजभण्डारी,मनिष खनाललगायतका जेनजी अभियन्ता रहेका छन्,जो पहिलो दिनको आन्दोलन आह्वानकर्ता थिए । उनीहरु आज शीतल निवासमा पनि छलफलका लागि गएका थिए ।

कैलालीमा रक्सी पार्टीमा विवादमा युवकको घाँटी रेटी हत्या, टाउको बोकेर प्रहरी चौकी पुगे दुई युवक

धनगढी, असोज २५ ।

कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा गए राति एक युवकको घाँटी रेटी हत्या गरिएको छ। हत्या आरोपमा संलग्न दुई युवक आफैं टाउको बोकेर प्रहरी चौकी पुगेका छन्।

जील्ला प्रहरी कार्यालय कैलालीकेा प्रमुख एसपी नरेन्द्र बहादुर चन्दका अनुसार अनुसार सोही वडाका २८ वर्षीय केशरबहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो।

प्रहरीका अनुसार गए राति करिब ११ बजे दुई रक्सी पार्टीका क्रममा विवाद चर्किएपछि घटना घटेको थियो । विवाद तीव्र बन्दै गएपछि १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीले मिलेर बुढाको घाँटी रेटेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

हत्या पश्चात् दुबै युवकले मृतकको टाउको हातमा बोकेर प्रतिखेत प्रहरी चौकी पुगेका थिए। उनीहरूले प्रहरीसमक्ष आफैंले अपराध गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकको टाउको हाल इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ भने शरीर घटनास्थलमै छ। घटनाको प्रकृति गम्भीर रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतक बुढाको घर सुर्खेत रहेको प्रहरीले बताएको छ। मृतकका आफन्त अहिले धनगढी आइरहेकाले घटनास्थलबाट शब नउठेको, आफन्त आएपछि मात्रै बाँकी प्रक्रिया अघि बढ्ने एसपी चन्दले बताए ।

विपश्यनाबाट ब्यूँझिदा बदलिएको देश

नीलम शर्मा

लामो समयदेखि विपश्यना जाने सोचमा थिएँ, तर विभिन्न कारणले सकेकी थिइनँ। जब मनको गहिराइबाट एकपटक विपश्यना जानैपर्छ भन्ने लाग्यो, सेप्टेम्बर १ देखि १२ गतेसम्मका लागि आफ्नो सिट सुरक्षित गरें। सुन्दर प्रकृतिको काखमा रहेको बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा प्रवेश गर्दा देशमा परिवर्तन वा विद्रोहका कुनै संकेत थिएन। भित्रभित्रै अशान्ति भए पनि बाहिरबाट कुनै आँधीहुरी आइहाल्ने लक्षण देखिँदैनथ्यो। त्यसैले विपश्यना जानु अघि मनमा कुनै दुविधा पनि थिएन।

१० दिनको ध्यान कोर्समा बाहिरी सम्पर्कबाट पूर्णतया विच्छेद भई (कुनै पनि विद्युतीय सामग्री साथमा लैजान पाइँदैन) आर्यमौनको पालना गर्नुपर्थ्यो। दैनिक १२ घण्टा ध्यानमग्न रहनुपर्ने पूर्वजानकारी थियो। त्यसैले त्यो समयका लागि मानसिक रूपमा त्यसरी नै आफूलाई तयार पारेकी थिएँ। आश्रम प्रवेश गरेको साँझबाट कोर्स सुरु भयो।

लामो समयदेखि सामाजिक न्यायको क्षेत्रमा काम गरेकी मलाई आश्रमका नियमहरू साँच्चै न्यायपूर्ण लागे, किनकि आश्रमको गेटभित्र प्रवेश गरेपछि हरेक सहभागीको विपश्यना साधक बाहेक अन्य सबै पहिचान गौण हुने रहेछ। यहाँका नियमहरू सबै लिंग, जात, धर्म, वर्ण, वर्ग, राष्ट्रियता र उमेरका लागि समान रूपमा लागु हुने रहेछन्। समयपालनामा थोरै पनि तलमाथि गर्ने छुट कसैलाई थिएन, न प्राप्त हुने सेवाहरूमा फरक थियो।

आश्रममा रहँदा सबै साधकले पञ्चशीलको पालना गर्नुपर्ने थियो — झुटो नबोल्ने, चोरी नगर्ने, प्राणी हत्या नगर्ने, मद्यपान नगर्ने र व्यभिचार नगर्ने। त्यही समयदेखि आर्यमौन (कसैले पनि एकअर्कासँग बोलेर, आँखाले वा इशाराले पनि संवाद नगर्ने) सुरु भयो।

हरेक दिन बिहान ४ः३० बजे सुरु हुने ध्यान राति ९ बजे सम्म चल्थ्यो। बेलुका झण्डै दुई घण्टा एस.एन. गोयन्काद्वारा दिइएका प्रवचनका भिडियोहरूमा विपश्यना के हो, कसरी गर्ने, किन गर्ने, गरेर के हुन्छ, धर्म भनेको के हो, धार्मिक हुनुको अर्थ के हो — यस्ता विषयमा केन्द्रित हुन्थे।

प्रवचनले विपश्यनाका व्यवहारिक विधिहरूलाई सैद्धान्तिक रूपमा बुझ्न र तुलनात्मक अध्ययन गर्न धेरै मद्दत पुर्‍याइरहेको थियो। विपश्यना भनेको के हो भन्ने धेरै अध्ययन नगरी कोर्समा सहभागी भएकी म जस्ता व्यक्तिलाई अभ्यास र प्रवचनबाट बुझ्न सहज भयो।

विपश्यना प्राचीनकाल (हजारौँ वर्षअघि) को एक ध्यान विधि रहेछ। लोप भइसकेको यस विधिलाई २५ सय वर्षअघि सिद्धार्थ गौतमले पुनः पत्ता लगाई यही विधिको अभ्यासद्वारा बुद्धत्व प्राप्त गरेका रहेछन्। यही बुद्धत्वमा आधारित ज्ञानलाई फैलाउने क्रममा उनी भगवान बुद्ध कहलाए।

शाब्दिक रूपमा ‘वि’ भनेको ‘विशेष’ र ‘पश्यना’ भनेको ‘हेर्नु’ हो — अर्थात् विशेष रूपमा हेर्नु। विपश्यना ध्यान विधिले आफ्नो शरीरभित्रका वेदनाहरू (संवेदनाहरू) लाई विशेष रूपमा हेर्ने सीप सिकाउँछ। यस जीवन–उपयोगी सीपले मानिसको मनलाई सही ढंगले बुझ्न र व्यवस्थापन गर्न सक्ने कला विकास गर्छ।

यो कला जीवनमा आइपर्ने हरेक सुखद र दुखद दुवै पक्षलाई तटस्थ रूपमा स्वीकार्दै शरीर र मनलाई सन्तुलित राख्नका लागि साँच्चिकै सहायक हुन्छ। यही सिद्धान्त नै सिद्धार्थ गौतमले प्राप्त गरेको बुद्धत्व विचार हो।

त्यसैले बौद्धमार्गी हुनु भनेको निश्चित साम्प्रदायिकताभित्र बाँधिएर गौतम बुद्धको मूर्तिको पूजा गर्नु होइन, बुद्धत्व वा ज्ञानको मार्गमा अघि बढ्नु हो।

गोयन्काजीका प्रवचन सरल र बुझ्ने भाषाशैलीमा हुने भएकाले झर्को लाग्दैनथ्यो। साथै प्रवचनमा कुनै धर्म विशेषको वकालत नगरी शरीरका संवेदनाहरूलाई सूक्ष्म रूपमा बुझ्न प्रेरित गर्ने भएकाले पनि यो सबैका लागि उपयोगी लाग्यो।

गोयन्काजीका सबै विचारहरूसँग सहमत नहुन पनि सकिन्छ। उदाहरणका लागि, पुनर्जन्मका कर्मका फलस्वरूप नै यस जन्ममा दुःख भोग्नुपर्छ, र यस जन्मका कर्महरूले पुनर्जन्म निर्धारण गर्छन् भन्ने बिषयसँग म सहमत थिइनँ। त्यस्तै, पटक–पटक आँखा नदेख्ने व्यक्तिलाई लक्षित उदाहरणहरू सुन्दा नमज्जा लाग्यो।

१० दिनसम्म निरन्तर ध्यानको अभ्यास गर्नु सजिलो थिएन। सुरुका केही दिनहरू पट्यारलाग्दा र निरस थिए। तर चौथो, पाँचौँ दिनदेखि साँच्चिकै मन शान्त हुँदै गयो र एकाग्रता बढ्दै गयो।

आँखा खोलेदेखि बाहिरी संसार हेर्ने, सुन्ने, त्यसैबाट धारणा बनाउने बानी परेका हामीलाई आफ्नो शरीर र मनको गहिराइमा प्रवेश गरी सुखद र दुखद दुवै संवेदनालाई तटस्थ भएर महसुस गर्नु र एउटै कुरामा १२ घण्टा ध्यान लगाउनु निकै कठिन अभ्यास हो। तर असम्भव रहेन। अभ्यास गर्दै गएपछि यसले दिने आनन्द शब्दमा बयान गर्न नसकिने हुन्छ।

गोयन्काजीले बारम्बार भन्नुहुन्थ्यो — “सत्य सधैं अनुभूतिमा आधारित हुन्छ, अनुभूति विहीन कुराहरू केवल बुद्धि–विलासका विषय हुन्।” यो भनाइ साँच्चै घतलाग्दो थियो।

मानिसभित्र हुने दुई गुण — राग (तृष्णा, लोभ, महत्वाकांक्षा, आशक्ति) र द्धेष (रीस, बैमनस्यता, ईर्ष्या, घमण्ड, कटुता, बदलाको भावना) — लाई पहिचान गरी तिनलाई निराकरण गर्न सकेमा आफ्नो र प्रकृतिको भलो हुन्छ। विपश्यनाले यही सीपको विकास गर्न सहयोग गर्छ भन्ने तथ्यलाई मैले पूर्ण रूपमा स्वीकार गरेँ।

१० दिन बितेको पत्तै भएन। शरीर र मन दुवै हलुका र शुद्ध महसुस भइरहे। दशौँ दिनको अपरान्हतिर आचार्यले केही सूचना छ भन्नुभयो। हामीले सोचेका थियौँ, भोलि घर जाने दिनको व्यवस्थासम्बन्धी सूचना होला।

महिला र पुरुष दुवैले ध्यान गर्ने ठूलो हलमा करिब दुई सय साधक उपस्थित थिए। तर आचार्यको सूचना फरक रह्यो —
“देशमा केही दिनअघि भएको जेन–जि आन्दोलनका कारण बाहिर कफ्र्यू लागेको छ, त्यसैले तपाईंहरू घर जाने समय र दिन अनिश्चित छ। प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुभएको छ।”

आचार्यको कुरा सुनेर १० दिनदेखि मौन साधनामा रहेका साधकहरूले अचानक ताली बजाए। सबै अचम्ममा परे। समाचार अकल्पनीय थियो। आश्रममा कोलाहल मच्चियो। कसैसँग पुष्ट समाचार थिएन।

आश्रमकै फोनबाट घरमा छोटो सम्पर्क गर्न दिइयो। साँझसम्ममा भोलिपल्ट बिहान दुई घण्टा कफ्र्यू खुल्ने भएकाले सबेरै घर जान सकिने जानकारी पाइयो। त्यो साँझदेखि बिहानसम्मको समय निकै कष्टकर बन्यो।

देशमा के भयो होला? साधकहरू स–साना समूहमा कुरा गरिरहेका थिए — “सबै नेताहरू सेनाको कब्जामा छन् रे, सिंहदरवार जलेको रे, देश ध्वस्त भएको रे, सैनिक शासन लागिसक्यो रे, धेरै मान्छे मरे रे।”

के साँच्चै उलटपुलट भयो त? कि राजाले शासन लिए? यति धेरै राग र द्धेषले भरिएका हठी र घमण्डी ओलीले राजीनामा दिनुपरेपछि पक्कै ठूलो उथलपुथल भयो होला भन्ने लाग्यो।

तर अन्तरमनले भने यी सबै भ्रामक सूचना हुनसक्छन् भन्ने पनि भनिरहेको थियो। निद्रा परेन। प्रवचनमा सुनेका कुरा मिथ्या लाग्न थाले।

तर रात सकिन्छ नै। बिहान भयो। आश्रमले त्यति धेरै मानिसलाई संवेदनशील अवस्थामा पनि सुरक्षित घरसम्म पुर्‍याउनु प्रशंसनीय काम थियो।

आश्रमबाट बाहिर निस्कँदा मात्र थाहा भयो — हामी ध्यानको संसारमा आनन्दित भइरहँदा देश त जलिरहेको रहेछ।
कलिला नानीहरू निधार र छातीमा गोली खाइरहेका रहेछन्। सिंहदरवार, सर्वोच्च अदालत, संसद भवनदेखि सरकारी घरहरू खरानी बनिसकेछन्। देश सरकारविहीन रहेछ।

देशभरका जेलबाट १४ हजार कैदी भागेका रहेछन्। नेताहरू सेनाको सुरक्षामा शिवपुरीमा रहेका रहेछन्।

यो सुन्दा १० दिनको ध्यानले दिएको आनन्द भन्दा धेरै गुणा बढी पीडा महसुस भयो। दिमाग शून्य भयो। प्राप्त सूचनाहरू बुझ्न र प्रतिक्रिया जनाउन कठिन भयो।

बाटोमा जलेर खरानी भएका भवनहरू देख्दा देशमा ठूलै उथलपुथल भएको स्पष्ट भयो।

एकछिन त आश्रमका नियमप्रति रीस पनि उठ्यो — “देशमा यतिबिधि हुँदा पनि बेखबर राख्ने कस्तो नियम ?”
तर फेरि सोचें — म बाहिर भएको भए के यो हुन दिँदिन्थें र? होइन। त्यसो भए आक्रोशको अर्थ के?

घर पुगेर परिवारलाई सकुशल भेट्दा दोस्रो जीवन पाएझैँ लाग्यो। तर त्यतिबेला मजस्ता कयौँ आमाहरूका काख रित्तिएका थिए, कयौँको संसार उजाडिएको थियो। सम्झिँदा आँसु झरिरह्यो।

के कसरी भयो? कसैसँग जवाफ थिएन। सबै हतप्रभ र आतंकित थिए। ध्यानका १० दिनमा देशमा धेरै कुरा फेरिएको थियो।

हिजो सत्ता र शक्तिको अहंकारले ग्रस्त नेताहरू क्षणभरमै शक्तिविहीन बनेका थिए। हुने नहुने सबै भयो।

यो सबैको जिम्मेवार को? जेन–जि आन्दोलनको नाम थियो, तर यति ठूलो विध्वंस मच्चाउने को थियो? जवाफदेही कोही देखिएन।

देशमा बहुदल आयो, दश वर्ष जनयुद्ध भयो, गणतन्त्र आयो, व्यवस्था फेरियो। तर आम जनजीवनमा दिगो परिवर्तन आएन। हुने खाने र हुँदा खानेबीचको खाडल अझ बढ्यो।

पहुंच हुने र बहिष्करणमा पर्नेबीचको दूरी अझै बढ्दै गयो। नियम, सुशासन, समानता, समता, कानुनी राज्य, न्यायमा पहुँच — यी सबै किताबका सुन्दर अक्षरहरूमा मात्र सीमित रहे।

जनताको सपना एकपछि अर्को गर्दै तुषारापात भइरहे। दण्डहीनताको पराकाष्ठा हुन थाल्यो। त्यसैले यो विद्रोह एकदिन हुने निश्चित थियो, तर कहिले र कसरी भन्ने अनुमान कसैले गर्न सकेको थिएन।

अन्त्यमा प्रकृतिको नियम अनुसार — स्थायी केही पनि हुँदैन, न शक्ति, न सत्ता, न घमण्ड, न हठ। हरेक तानाशाहको अन्त्य निश्चित हुन्छ, त्यो भयो पनि।

विपश्यनाबाट फर्किएपछि घाइते मन सम्हाल्नुको विकल्प थिएन। यी सबै घटनाक्रमले विपश्यनाको महत्व, आवश्यकता र प्रयोगलाई अझ अर्थपूर्ण बनायो।

मनले गहिरोसँग केही बुझ्न थाल्यो — आँखा चिम्लिएर बस्नु ध्यान होइन।
साँचो साधक हुनु भनेको आफ्नो मनलाई स्वच्छ र स्वस्थ राख्नु हो —
राग, द्धेष, आशक्ति, घमण्ड, लोभ, ईर्ष्या, हिंसा, घृणा र बदलाको भावनाबाट मुक्त हुन सक्नु हो।

केही सीमित व्यक्तिहरुको सत्ता–लालसा, महत्वाकांक्षा, शक्ति–आशक्ति र दम्भले देशलाई यो अवस्थामा पुर्‍यायो।

यस्तो बेलामा विपश्यनाले दिने सन्देशभन्दा महत्वपूर्ण अर्को के हुन सक्छ?
विश्व इतिहास र वर्तमान दुवैले देखाउँछन् —
हरेक हिंसा र अशान्तिको मूल कारण राग र द्धेष नै हुन्।

राग र द्धेषले व्याप्त व्यक्ति वा समाज न त शान्त हुन सक्छ, न समृद्ध।

नेतृत्वको पुस्तान्तरण र हस्तान्तरणका अभ्यासहरू हुँदै गर्दा हामीले आउने पुस्तालाई यस्ता जीवन–उपयोगी सीप र गुणहरू हस्तान्तरण गर्न सकौँ भन्ने कामना गर्दछु।

विपश्यनाको लाभ हरेक व्यक्ति र समाजले लिन सकोस्। सबैको मंगल होस्।

जापानद्वारा नेपाललाई १ सय ३२ रनको लक्ष्य

 

काठमाडौँ : जापानले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपाललाई १ सय ३२ रनको लक्ष्य दिएको छ । नेपालले शुक्रबार टस जितेपछि ब्याटिङको निम्तो पाएको जापानले ओमानको मस्कटमा निर्धारित २० ओभर खेली ८ विकेट गुमाएर १ सय ३१ रन बनाएको हो ।

दीपेन्द्रसिंह ऐरीले एउटा अर्को सिधा थ्रोमा अभिषेक आनन्दलाई चौथो ओभरमा १ रनमा रनआउट गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर केन्डेल काडोवाकी–फ्लेमिङ र इसाम रहमानले दोस्रो विकेटमा ८६ रनको साझेदारी गरेपछि जापानले उत्कृष्ट पुनरागमन गरेको थियो ।

सोमपालले रहमानलाई १३ औं ओभरमा आउट गरी यो साझेदारी तोडेका थिए । रहमानले २५ बल खेली १ चौका र २ छक्कासहित ३१ रन बनाए । अर्को ओभरमा गुलशन झाले काडोवाकीलाई आउट गरेपछि नेपालले खेल नियन्त्रणमा लिएको थियो । काडोवाकीले ४६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरी ६० रन बनाए ।

इब्राहिम ताकाहासीलाई गुलशनले ४ रनमा बोल्ड गरे । सन्दीप लामिछानेले सबाओरिस र रवीचन्दनलाई र डेक्लन सुजुकीलाई समान १ रनमा आउट गरे । रेओ साकुरानो थोमस ३ रनमा रनआउट भए । बेन्जामिन इटो डेभिस १२ बलमा १७ रन बनाई आउट भए ।

नेपालबाट गुलशन र सन्दीपले २–२ विकेट लिए । गुलशनले ४ ओभरमा २० र सन्दीपले ४ ओभरमा २५ रन खर्चे । सोमपालले ४ ओभरमा २० र नन्दन यादवले ३ ओभरमा १६ रन खर्चेर १–१ विकेट लिए ।

यस खेल जित्ने टोली २ अतिरिक्त अंकसहित सुपर सिक्समा पुग्ने छ । नेपालले समूह ‘बी’ को पहिलो खेलमा बुधबार कुवेतलाई ५८ रनले पराजित गरेको थियो । जापानले बिहीबार कुवेतलाई ५ विकेट गरेको थियो । जसको कारण नेपाल र जापान दोस्रो चरणमा पुगेका थिए भने कुवेत समूहचरणबाटै बाहिरिएको थियो ।

भेनेजुएलाकी भूमिगत नेत्रीलाई नोबेल शान्ति पुरस्कार

यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी प्रजातन्त्रवादी नेत्री मारिआ कोरिना मचाडोलाई प्रदान गरिने भएको छ। उनले पुरस्कार दिन लागिएको खबरले आफू “छक्क परेको” प्रतिक्रिया व्यक्त गरेकी छन्।

नर्वेली पुरस्कार समितिले मचाडोलाई “आँटिली र शान्तिप्रति प्रतिबद्ध अगुवा” भन्दै उनले प्रजातन्त्रका पक्षमा निर्वाह गरेको भूमिकाका लागि पुरस्कृत गर्ने निर्णय गरेको हो। आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिने छ।

उनी भेनेजुएलामा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने अभियानमा सक्रिय छिन्। गत वर्ष उनलाई राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न रोकिएको थियो। उनी अहिले भूमिगत छिन्।

मचाडो नोबेल शान्ति पुरस्कार पाउने बीसौँ महिला हुन्। सन् १९०१ देखि अहिलेसम्म १०६ पटक यो पुरस्कार घोषणा भएको छ। अहिलेसम्म ११२ व्यक्ति र ३१ वटा संस्था पुरस्कृत भएका छन्।

मचाडो ५८ वर्षकी भइन्। उनी गत वर्ष अगस्टदेखि हतपत सार्वजनिक स्थानमा उपस्थित भएकी छैनन्। गत ज्यानुअरीमा आयोजित एउटा विरोधप्रदर्शनमा उनी देखा परेकी थिइन्। उनलाई पक्राउ गरेर केही समयपछि छोडिएको थियो।

विजेताको नाम घोषणा गर्नुभन्दा केही मिनेटअघि पुरस्कार समितिले मचाडोलाई जानकारी दिन फोन गर्दाको भिडिओ नोबेल समितिले सार्वजनिक गरेको छ।

प्रतिक्रियामा मचाडोले पाँच पटक “ओ माइ गड” [हे ईश्वर] भनिन्। “मसँग कुनै शब्द छैन,” त्यसपछि उनले भनिन्। “यो पूरै समाजको उपलब्धि हो,” नोबेल समितिलाई धन्यवाद दिँदै भावुक स्वरमा उनले भनिन्।

“म केवल एक व्यक्ति हुँ। म यसका लागि योग्य छैन।”

यसअघि मचाडोले नोबेल शान्ति पुरस्कार पाएको थाहा पाउँदा आफू “छक्क परेको” प्रतिक्रिया व्यक्त गरेको अर्को भिडिओ पनि सार्वजनिक भएको थियो। उनका सहयोगीहरूले समाचारसंस्था एएफपीलाई पठाएको उक्त भिडिओमा मचाडोले निर्वासनमा रहेका अर्का विपक्षी नेता एड्मुन्डो गन्जालिजलाई “म त छक्क परेँ!” भनेको सुनिन्छ।

गत वर्ष मचाडोलाई उम्मेदवार बन्न नदिइएपछि गन्जालिज राष्ट्रपतीय निर्वाचनमा निकोलस मदुरोविरुद्ध उठेका थिए।

“हामी खुसीले स्तब्ध छौँ,” गन्जालिजले भन्छन्। “यो के हो? मैले त पत्याउनै सकेकी छैन,” मचाडो भन्छिन्।

उक्त भिडिओ गन्जालिजको ‘एक्स’मा पोस्ट गरिएको छ।

भेनेजुएलामा निरङ्कुश शासनव्यवस्था छ। भेनेजुएलामा निकोलस मदुरो तेस्रो पटक राष्ट्रपति बनेपछि उनीविरुद्ध र देशमा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न भन्दै सुरु भएको आन्दोलनमा मचाडो अग्रमोर्चामा देखिएकी थिइन्।

मचाडोलाई बधाई दिँदै गन्जालिजले लेखेका छन्, “भेनेजुएलाको पहिलो नोबेल! भेनेजुएला स्वतन्त्र हुन्छ!”

गत वर्ष जापानी संस्था ‘निहन हिडन्क्यो‘लाई “विश्‍वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणुअस्त्र पुन: कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकाले” पुरस्कृत गरिएको थियो।

निहन हिडन्क्यो दोस्रो विश्वयुद्धका क्रममा जापानका दुई सहर हिरोशिमा र नागासाकीमा खसालिएका आणविक बमका पीडितहरूको संस्था हो।

ह्वाइट हाउसले के भन्यो

नोबेल पुरस्कारको पदक

तस्बिर स्रोत,Liam Weir/BBC News

यो वर्ष शान्ति पुरस्कारका लागि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको नाम निकै चर्चामा थियो। उनी लामो समयदेखि उक्त पुरस्कारका आकाङ्क्षी भएको बताइन्छ। केही महिनाअघि उनले आफूले विभिन्न युद्धहरू अन्त्य गराएको दाबी पनि गरेका थिए।

उनको कार्यकाल सुरु भएको ज्यानुअरी महिनामै शान्ति पुरस्कारका लागि मनोनयन गर्नुपर्ने समयसीमा टुङ्गिएको थियो।

विजेताको नाम घोषणा भएपछि ह्वाइट हाउसले नोबेल समितिले “शान्तिको सट्टा राजनीति” रोजेको प्रतिक्रिया दिएको छ।

सामाजिक सञ्जाल ‘एक्स’मा ह्वाइट हाउसका स्टीभन चङले अमेरिकी राष्ट्रपति ट्रम्पले “शान्ति सम्झौता गराइरहने, युद्धहरू अन्त्य गराइरहने र मानिसहरूको जीवन जोगाइरहने” टिप्पणी गरेका छन्।

ट्रम्पबारे नोबेल समितिलाई प्रश्न

पुरस्कार घोषणा भएपछि आयोजित पत्रकार सम्मेलनमा नोबेल शान्ति समितिका अध्यक्षलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आफैँले र अन्य अन्तर्राष्ट्रिय पक्षले ट्रम्पलाई पुरस्कृत गर्न दबाव दिए नदिएको‍बारे प्रश्न गरिएको थियो।

उत्तर दिँदै योर्गन भ्याट्न फ्रुएड्नसले नोबेल शान्ति पुरस्कारको लामो इतिहासमा समितिले अनेकौँ अभियान र ‘मिडिया टेन्शन’ खेप्दै आएको बताए। “हामी केवल काम र अल्फ्रेड नोबेलको इच्छालाई आफ्नो निर्णयको आधार बनाउँछौँ,” उनले भने।

उनका अनुसार मचाडोको हकमा अल्फ्रेड नोबेलले पुरस्कारका लागि तोकेका “सबै मापदण्ड” पुगेको छ।

“उनले देशको प्रतिपक्षलाई एकजुट बनाएकी छन्, प्रजातन्त्रतर्फको शान्तिपूर्ण यात्राका लागि आफ्नो सहयोगमा उनी कटिबद्ध छिन्।”

उनका अनुसार मचाडोले “प्रजातन्त्रका साधनहरू नै शान्तिका साधन हुन्” भन्ने देखाएकी छन्।

अहिलेसम्म सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार पाउने व्यक्ति पाकिस्तानकी मलाला युसुफ्जाई हुन्। पुरस्कृत हुँदा उनी १७ वर्षकी थिइन्

सन् १९९५ मा शान्ति पुरस्कार पाउँदा जोसफ रट्ब्ल्याट ८६ वर्षका थिए।

अन्तर्राष्ट्रिय राजनीतिमा परमाणुअस्त्रको भूमिका घटाउने र त्यस्ता अस्त्र निर्मूल गर्ने प्रयासका लागि उनलाई उक्त सम्मान दिइएको थियो। उनी परमाणुअस्त्रको विरोधमा प्रखर रूपमा उभिएका वैज्ञानिक थिए।

यसअघि कसले पाएका थिए

अल्फ्रेड नोबेल

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ। उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृतिदिवस पर्छ
  • सन् २०२४ः जापानी संस्था ‘निहान हिडन्क्यो’ “विश्‍वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न गरेकोमा”
  • सन् २०२३ः इरानकी नर्गिस मोहम्मदीलाई महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानवाधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि
  • २०२२: बेलारुसी मानवाधिकारकर्मी एलीयास बीलियाट्स्की र रुसी मानवाधिकार सङ्गठन मेमोरियल तथा युक्रेनी मानव अधिकार सङ्गठन सेन्टर फर सिभिल लिबर्टीजलाई संयुक्त रूपमा
  • २०२१ः पत्रकारद्वय मरिया रेसा र दिमित्री मुरातोभलाई फिलिपिन्स र रुसमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिएकाले
  • २०२०ः संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) लाई भोकमरी नियन्त्रण गर्न तथा शान्ति स्थापना गर्न सघाएकोमा
  • २०१९ः ईथियोपियाका प्रधानमन्त्री एबी अहमद अलीलाई शान्ति र अन्तर्राष्ट्रिय सहकार्य स्थापना गर्न तथा छिमेकी एरिट्रियासँगको सीमा विवाद समाधान गर्न अग्रसरता लिएको हुनाले
  • २०१८ः डेनिस मूक्वेगे र नादिया मुरादलाई युद्ध र सशस्त्र द्वन्द्वमा यौन हिंसालाई अस्त्रका रूपमा प्रयोग गर्ने क्रम अन्त्य गराउने प्रयासका लागि
  • २०१७ः इन्टर्न्याश्नल क्याम्पेन टू अबोलिश न्यूक्लिअर वेपन्स (आईक्यान) लाई परमाणुअस्त्रको प्रयोगको प्रयोग हुँदा निम्तिन सक्ने विनाशकारी परिणामबारे चेतना फैलाउने काम गरेको तथा त्यस्ता अस्त्रलाई सन्धिमार्फत प्रतिबन्ध लगाउने प्रयास गरेको हुनाले
  • २०१६ः कोलम्बियाका राष्ट्रिपति हुआँ मानुएल सान्टोसलाई ५० वर्षे गृहयुद्ध अन्त्य गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले
  • २०१५ः न्याश्नल डाइलग क्वार्टेटलाई ट्यूनिशियामा २०११ मा भएको क्रान्तिपछि बहुलवादी प्रजातन्त्र स्थापना गराउन महत्त्वपूर्ण योगदान पुर्‍याएकाले
  • २०१४ः भारतका कैलाश सत्यार्थी र पाकिस्तानी किशोरी मलाला युसुफ्जाईलाई बालबालिकाको दमनविरुद्ध तथा शिक्षा पाउने अधिकारका लागि सङ्घर्ष गरेकाले

अमेरिकाका तात्कालिक राष्ट्रपति बाराक ओबामाले पनि सन् २००९ मा नोबल शान्ति पुरस्कार पाएका थिए। “अन्तर्राष्ट्रिय कूटनीति र मानिसहरूबीचको सहकार्यलाई सुदृढ पार्न अभूतपूर्व प्रयास गरेकाले” उनलाई नोबेल पुरस्कार दिइएको थियो।

तर उनलाई पुरस्कार दिइएकोमा आलोचना पनि भएको थियो किनभने नोबेल पुरस्कारका लागि मनोनयन गर्ने मिति सकिनुभन्दा केही दिनअघि मात्र ओबामा राष्ट्रपति बनेका थिए।

अन्य उल्लेख्य विजेताहरूमध्येमा जिमी कार्टर (सन् २००२), युरोपेली सङ्घ (सन् २०१२), संयुक्त राष्ट्रसङ्घ र त्यसका तात्कालिक महासचिव कोफी अन्नान (सन् २००१ मा संयुक्त रूपमा) र कोलकाताकी मदर टेरेसा (सन् १९७९) छन्।

युसुफ्जाई अहिलेसम्म नोबेल पुरस्कार पाउने सबैभन्दा कान्छी व्यक्ति हुन्।

सन् २०२५ मा अरू विधामा नोबेल पुरस्कार

कसले गर्छ निर्णय

भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्वीडनको स्टक्होममा प्रदान गरिन्छ।

नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ। त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँचसदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ।

प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा १ करोड १० लाख स्वीडिश क्रोनर पाउँछन्।

यदि एकभन्दा बढी विजेता भएमा उक्त रकम उनीहरूबीच भाग लगाइन्छ। उक्त रकम पाउनका लागि उनीहरूले एउटा मन्तव्य दिनुपर्छ।

नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ। उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृतिदिवस पर्छ।

वीवीसीबाट ।

कैलाली उद्योग वाणिज्य सङ्घको निर्वाचन भोली, ओझा र स्वाँर प्यानलबिच रोचक प्रतिस्पर्धा

कैलाली । सुदूरपश्चिमको अर्थतन्त्रलाई नै प्रभाव पार्ने कैलाली उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि निर्वाचनको माहौल तातिएको छ । भोलि (असोज २५) गते हुने ५१औँ साधारण सभा तथा निर्वाचनका लागि मतदातालाई लक्षित गर्दै उम्मेदवार र समर्थकहरू यति बेला व्यस्त छन् ।
सङ्घको नेतृत्वमा पुग्ने प्रतिस्पर्धा यस पटक विशेष गरी दुई प्यानलबिच रोचक प्रतिस्पर्धा हुने छ । केही स्वतन्त्र उम्मेदवारहरूले पनि प्रतिस्पर्धालाई थप रोचक बनाएका छन् ।
सङ्घमा दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष भइसकेका व्यवसायी पुष्करराज ओझा र पूर्व महासचिव रुपेश स्वाँरले अध्यक्ष पदका लागि छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका छन् । दुवै समूहको पदाधिकारीदेखि सदस्यसम्म पूर्ण टिम बनाएर चुनावी अभियान थालेको थियो ।  ओझा प्यानलले उद्योग, वाणिज्य र एसोसिएट क्षेत्रका विभिन्न पदमा अनुभव भएका व्यापारीहरूलाई अघि सारेको छ । यस प्यानलको वरिष्ठ उपाध्यक्षमा ओमबहादुर बिष्ट, उद्योग उपाध्यक्षमा बासुदेव भट्ट, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा भीमराज ओझा, महासचिवमा दिनेश लम्साल, कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायत र सचिवमा कृष्णाकुमारी बिष्ट छन् । उनीहरूको टिमबाट १३ जना सदस्य उम्मेदवार पनि प्रतिस्पर्धामा छन् ।
त्यस्तै, स्वाँर प्यानल पनि सशक्त टिमसहित चुनावी मैदानमा उत्रिएको छ । वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उद्योग उपाध्यक्षमा लक्ष्मणराज पन्त, एसोसिएट उपाध्यक्षमा अनिलकुमार भोजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी, वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्द उम्मेदवार बनेका छन् । उनीहरूको समूहबाट पनि १३ जना सदस्यमा प्रतिस्पर्धा गर्नेछन् ।
अध्यक्ष पदका उम्मेदवार स्वाँरले नतिजा आफ्नो पक्षमा आउनेमा ढुक्क रहेको बताए । ‘६ वर्ष ग्याप भए पनि व्यवसायीहरूले तपाइ नेतृत्व लिन सक्षम हुनु हुन्छ भनेर मलाई अगाडी सारे । सबै बाट साथ सहयोग पाएको छु र निर्वाचनको नतिजाका लागि म सतप्रतिशत ढुक्क छु,’ स्वाँरले भने ।
उनले निर्वाचन कमिटी र सुरक्षा निकायले मतदाता सबै मिलेर निर्वाचनलाई व्यवस्थित र निष्पक्ष बनाउन अपिल गरेका छन् ।  यस्तै अर्का अध्यक्ष ओझाले पनि आफू जित्नेमा विश्वस्त रहेको बताए । टिमले समावेशी र युवा व्यवसायीको प्रतिनिधित्व गरेकाले व्यवसायीहरूले आफ्नो प्यानल माथि न्याय गर्ने उनको भनाइ छ ।
ओझाले भने, ‘हाम्रो टिम देखेर व्यवसायीहरू उत्साहित हुनु हुन्छ । हामी प्रिपेयर भएर आएका छौ । जे नतिजा आउँछ त्यसलाई आत्मसाथ गर्दै अघि बढ्ने छौ ।’
मुख्य दुई समूहसँगै यस पटक स्वतन्त्र उम्मेदवारहरूले पनि आफूलाई शक्तिशाली विकल्पका रूपमा प्रस्तुत गरेका छन् । वरिष्ठ उपाध्यक्ष पदमा सुरेन्द्र राठी, एसोसिएट उपाध्यक्षमा कविन्द्र पन्त र सचिव पदमा कोपिला कुँवर स्वतन्त्र प्रतिस्पर्धामा उत्रेका छन् । साथै, तीन जना स्वतन्त्र सदस्य उम्मेदवार पनि चुनावमा भिड्ने छन् ।
चुनाव बारे वरिष्ठ उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार सुरेन्द्र राठीले नतिजा आफ्नो पक्षमा आउने ९९ प्रतिशत ढुक्क रहेको बताए । ‘व्यवसायीहरू व्यवशायिक व्यक्तित्व नेतृत्वमा आवस भन्नेमा छन् । मतदाताको राम्रो साथ पाएको छु, म प्रति सबै पोजेटिभ हुनु हुन्छ । नतिजा मेरो पक्षमा आउनेमा ९९ प्रतिशत ढुक्क छु,’ उनले भने ।
कैलाली उद्योग वाणिज्य सङ्घमा २ हजार २ सय ७४ मतदाता छन् ।यस पटक मतदानमार्फत अध्यक्षसहित नौ जना पदाधिकारी र १३ जना सदस्य गरी २२ सदस्यीय नयाँ कार्यसमिति चयन हुने छ ।
उद्योग वाणिज्य क्षेत्रका व्यापारीहरूका अनुसार, यस पटकको निर्वाचनले सङ्घको आगामी दिशा निर्धारणमा महत्त्वपूर्ण प्रभाव पार्नेछ । चुनावी माहौल बढ्दै जाँदा, धनगढी र आसपासका व्यापारिक समुदायले नेतृत्व चयनलाई चासोका साथ हेरेका छन् ।

अछामका दुर्गम गाउँ बिजुलीको पहुँचबाहिर, सदरमुकामकै बस्ती विद्युत्‌विहीन

अछाम : सुदूरपश्चिम प्रदेश सरकारले अछाम जिल्लालाई पूर्ण विद्युतीकरण जिल्ला बनाउनका लागि चैत २०८१ मा काम सुरु गर्‍यो । एक वर्षभित्र जिल्लाभर पूर्ण विद्युतीकरण गर्ने लक्ष्य राखिए तापनि हालसम्म दुर्गमका नागरिक बिजुलीको पहुँचमा पुग्न सकेका छैनन् ।

सडकको पहुँच, भौगलिक सुगमता भएका ठाउँमा आयोजनाले काम गरिरहे पनि जिल्लाका दुर्गम बस्ती अहिले पनि बिजुलीविहीन छन् ।

सदरमुकामसमेत रहेको मंगलसेन नगरपालिका-१३ को बस्ती अहिले पनि बिजुलीको पहुँचमा पुग्न सकेको छैन । १४ वडामध्ये बिजुली नपुगेको वडा बस्ती मात्रै हो । वडा कार्यालय रहेको बस्तीमा बिजुली पुगे पनि बाँडा, डाँडिगडे लगायतका गाउँमा करिब ३ हजार जनसंख्या बिजुलीको पहुँचमा नभएको मंगलसेन नगरपालिका-१३ का वडाध्यक्ष हिक्मत बोगटीले बताए । ‘सदरमुकामको वडा हो । अहिलेसम्म बिजुली पुगेको छैन । पोल गाडेर छोडेको वर्षौं भइसक्यो । ठेकेदारले पनि काम गरिरहेको छैन,’ उनले भने,‘ बाँडा गाउँको डीपीआर नै नबनाएको देखियो । आधा बाटोसम्म मात्रै पोल गाडिएको छ । विद्युत प्राधिकरणको कार्यालयमा गएर अब धर्ना दिनुपर्ने भएको छ ।’

कमलबजार नगरपालिकाका-१० वडामध्ये वडा नम्बर ७ को क्वाल्लेखको केही भाग, जामा, फल्टाने, तान्ती, सुनदेवी, छडानदेवीका स्थानीय अहिले पनि अँध्यारोमा बस्न बाध्य भएको स्थानीय महेश जैशीले बताए । उनका अनुसार यो वडा कमलबजार नगरपालिकाको दुर्गम क्षेत्रमा पर्छ । ‘भौगोलिक विकटता र दुर्गम भएकाले होला, अहिले पनि हाम्रो वडामा बिजुली पुग्न सकेको छैन,’ उनले भने, ‘सोलार किन्न पनि नसक्ने परिवार अहिले पनि अध्याँरोमा बस्न बाध्य छन् ।’

उनका अनुसार कमलबजार क्षेत्रमा पहिलो पटक बिजुली पनि यही वडाका गाउँहरुमा बलेको थियो । पलाना लघु जलविद्युत आयोजना चाइरा खोलाबाट एक दशकअघि करिब ३ सय घरधुरीले बिजुली बाल्न पाएका थिए । बिजुली बलेको केही समयभित्र समस्या देखिएपछि पूर्ण रूपमा बन्द भएको थियो ।

ढकारी गाउँपालिकाका ८ वडामध्ये वडा कार्यालयसम्म बिजुली पुगेको वडा नम्बर ६ ढुंगाचाल्ना र वडा नम्बर १ ढकारी रहेको गाउँपालिका अध्यक्ष प्रकाश साउदले बताए । उनका अनुसार वडा नम्बर २ को हिच्मामा बिजुलीको लाइन विस्तार गरिए पनि वडा कार्यालयसम्म बिजुली बाल्न सकिएको छैन । ‘८ वडा मध्ये २ वडा कार्यालयसम्म मात्रै बिजुली पुगेको छ । गाउँमा अझै पुग्न सकेको छैन । पूर्ण विद्युतीकरण आयोजनामार्फत पोल गाडिएका छन् । काम भएको छैन,’ उनले भने, ‘बिजुली पुगेको ठाउँमा पनि गाउँपालिकाको बजेट र जिल्ला विद्युत प्राधिकरणको सहयोगमा बालिएको हो । आयोजनाबाट काम भएको देखिँदैन ।’

बिजुली नभएका वडामा कार्यालयको काम गर्न पनि समस्या रहेको उनले बताए । सोलारको भरमा काम गर्नुपरेको र एक पटक सोलार बिग्रदा मर्मत गर्न कम्तीमा एक साता लाग्ने गरेको उनको भनाइ छ । ‘बिजुली नभएका कारण कार्य सम्पादन गर्न त कठिन छ भने दुर्गम गाउँमा झन् धेरै समस्या छ । आयोजनाको काम चित्तबुझ्दो छैन,’ उनले भने ।

रामारोशन गाउँपालिका-७ को सुतारमा आयोजनाबाट काम भइरहे पनि बिजुली बल्न सकेको छैन । स्थानीय श्याम भण्डारीका अनुसार सुतारको चाफागाउँ, किमतोला, मेलकाटिया, काँडागाउँमा बिजुली पुगेको छैन ।

वडा नम्बर ४ बाटुलासैनको केही दुर्गम गाउँ, वडा नम्बर ५ नेटाकोटको भित्री गाउँमा बिजुली नपुगेको उनले बताए । नेपाल विद्युत् प्राधिकरण अछाम वितरण केन्द्रका प्रमुख हिक्मत बीसीका अनुसार पञ्चदेवल विनायक नगरपालिका-९ को कालेकाँडालाई अझै पनि विद्युत् लाइनसँग जोडिएको छैन । दैलेख जिल्लाबाट विद्युतको लाइन तान्दा सहज र सस्तो पर्ने भएकाले सोहीअनुसार समन्वय भइरहेको उनको भनाइ छ ।

तुर्माखाँद गाउँपालिका-१ रहफमा दैलेखतिरबाट लाइन तानिएको छ भने वडा नम्बर २ को भुलुको वडा कार्यालयमा बिजुलीको लाइन पुग्न सकेको छैन । वडा नम्बर ३ को भैरवस्थानमा पनि वडा कार्यालयसम्म मात्रै विद्युतको पहुँच पुगेको छ । ‘तुर्माखाँदमा भौगलिक विकटताका कारण काम गर्न असहज भएको छ । हामीले प्रयास गरिरहेका छौं,’ उनले भने । उनका अनुसार पूर्ण विद्युतीकरण भएका साँफेबगर नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिका मात्रै हुन् ।

चौरपाटी गाउँपालिकाको वडा नम्बर २ र ३ सोकटमा बिजुली नपुगेको र तिहारअगाडि बिजुली बाल्ने तयारी रहेको अछाम वितरण प्रमुख बीसीले बताए । मेल्लेख गाउँपालिकाको दुर्गममा रहेका वडा नम्बर १ र २ ऋषिदहमा भने तत्काल बिजुलीको लाइन विस्तार गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयले करिब १८ महिनाअघि अछाम जिल्लालाई पूर्ण विद्युतीकरण बनाउनका लागि काम सुरु गरेको थियो । १ अर्ब २० करोड बजेट छुट्याएकामा ठेक्का प्रक्रियामा जाँदा करिब ८२ करोडमा काम सक्ने सम्झौता भएको थियो । लाइन विस्तारका लागि आवश्यक पर्ने ट्रान्सर्फमर, तार र पोल नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराउने र अन्य सामग्री ठेकदारले व्यवस्थापन गर्ने गरी सम्झौता भएको थियो । लाइन विस्तारका लागि आवश्यक पर्ने ट्रान्सर्फमर, तार र पोल नेपाल विद्युत् प्राधिकरणले केन्द्रबाटै खरिद गरेर उपलब्ध गराउने नीति रहेको र अहिलेसम्म जिल्लामा उपलब्ध हुन नसकेको अछाम प्रमुख बीसी बताए ।

‘लाइन विस्तारका लागि आवश्यक ट्रान्सर्फमर, तार र पोल केन्द्रबाट नै आउने हो । आन्तरिक कारणले अहिलेसम्म सामान पाउन सकेका छैनौं,’ उनले भने, ‘कतिपय ठाउँमा ठेकेदारले नै काममा ढिलासुस्ती गरिरहेका छन् । कतिपय ठाउँमा प्राधिकरणले नै सामान उपलब्ध गराउन नसक्दा काम अगाडि बढ्न सकेको छैन ।’ अहिलेको बजेटमा अछामलाई पूर्ण विद्युतीयकरण जिल्ला बनाउन करिब २२ करोड बजेट अपुग हुने र त्यसका लागि माग पनि गरिएको उनले बताए ।

एटीएमबाट एक दिनमा अब ५० हजार मात्रै झिक्न पाइने, फेरिए यी व्यवस्थाहरू

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएमबाट दिने सुविधाका सीमाहरूलाई फेरबदल गरेको छ। राष्ट्र बैंकले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै प्रिपेड, डेबिट र क्रेडिट कार्डबाट हुने कारोबारको सीमा फेबदल गरेको हो।

यसअनुसार अब डेबिट कार्डबाट एक पटकमा २० हजार रुपैयाँ झिक्न पाइनेछ भने एक दिनमा ५० हजार रुपैयाँ झिक्न पाइनेछ।  पहिले एक पटकमा २५ हजार र एक दिनभित्र १ लाख रुपैयाँसम्म झिक्न पाइने व्यवस्था थियो। नयाँ व्यवस्थाले सीमा घटाएको हो।

यस्तै महिनाभरमा भने ३ लाखसम्म झिक्न पाइनेछ। यसअघि ४ लाखसम्म झिक्न पाइने व्यवस्था थियो।

राष्ट्र बैंकले प्रिपेड कार्डमा पनि प्रतिकारोबार रकम १० हजार र प्रतिदिन रकम २० हजार र प्रतिमहिना २ लाख रुपैयाँको सीमा कायम गरेको छ भने क्रेडिट कार्डमा स्वीकृत सीमाको १० प्रतिशतसम्मको सीमा कायम गरेको हो।

बैंक तथा वित्तीय संस्थाहरुबाहेकका सेवा प्रदायक संस्थाहरुको प्रिपेड कार्डबाट भने प्रतिदिन ५ हजार र प्रतिमहिना २५ हजार रुपैयाँ निकाल्न सक्ने गरी सीमा कायम गरेको हो।

भेनेजुएलाकी मारिया कोरिना माचाडोलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

काठमाडौं । यस वर्ष (सन् २०२५)को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिया कोरिना माचाडोलाई प्रदान गरिने भएको छ ।

नर्वेजियन नोबेल समितिले शुक्रबार यस वर्षको नोबेल शान्ति पुरस्कार माचाडोलाई प्रदान गर्ने निर्णय गरेको हो । “भेनेजुएलाका जनताको लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्ने उनको अथक प्रयास र तानाशाहीबाट लोकतन्त्रमा न्यायपूर्ण र शान्तिपूर्ण संक्रमण प्राप्त गर्न उनले गरेको संघर्षको लागि मारिया कोरिना माचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ,” नर्वेजियन नोबेल समितिले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नर्वेजियन नोबेल समितिले भेनेजुएलामा प्रजातान्त्रिक नेताको रूपमा माचाडो हालैका समयमा गरेका कार्यहरु ल्याटिन अमेरिकामा नागरिकले गरेको साहसको सबैभन्दा असाधारण उदाहरण भएको जनाएको छ ।

भेनेजुएला अपेक्षाकृत लोकतान्त्रिक र समृद्ध देशबाट एक क्रूर, अधिनायकवादी राज्यमा विकसित भएको समितिले जनाएको छ । भेनेजुएला अहिले मानवीय र आर्थिक संकटबाट गुज्रिरहेको पनि समितिको विज्ञप्तिमा उल्लेख छ । “भेनेजुएलाबाट लगभग ८० लाख मानिसहरूले देश छोडेका छन् । चुनावी धाँधली, कानुनी अभियोजन र कारावासको माध्यमबाट विपक्षीहरूलाई व्यवस्थित रूपमा दबाइएको छ,” समितिले भनेको छ ।

सन् २०२४ को चुनावअघि माचाडो विपक्षी दलको तर्फबाट राष्ट्रपतिकी उमेदवार थिइन् । तर भेनेजुएलाको तानशाही शासनले उनको उमेदवारीलाई रोक लगाएको थियो । त्यसपछि उनले चुनावमा फरक पार्टीका प्रतिनिधि एडमन्डो गोन्जालेज उरुटियालाई समर्थन गरेकी थिइन् ।

नोबेल शान्ति पुरस्कारबाट चुके ट्रम्प

एजेन्सी । नोबेल शान्ति पुरस्कारका लागि कडा प्रयास र लबिङ गरे पनि डोनाल्ड ट्रम्प यसपटक बञ्चित भएका छन् । नोबेल शान्ति पुरस्कार पाउने ट्रम्पको मनोकांक्षा पूरा भएको छैन ।

नर्वेजियन नोबेल समितिले शुक्रबार घोषणा गर्दै यो वर्षको शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई प्रदान गरेको छ।

नोबेल समितिको भूमिकाअनुसार शान्ति पुरस्कार त्यस्ता व्यक्ति वा समूहलाई दिइन्छ जसले राष्ट्रहरूबीच भाइचारा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएका छन्, जुन अल्फ्रेड नोबेलको इच्छाअनुसार तय गरिएको हो।

नेपालले जापानविरुद्ध पहिले बलिङ गर्ने

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् । नेपाल र जापान पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।

नेपाल र जापान दुवैले आफ्नो पहिलो खेलमा कुवेतलाई पराजित गर्दै एक खेलअगावै सुपर सिक्समा स्थान सुरक्षित गरिसकेका छन्। अब आजको खेलले विजेता र उपविजेताको टुङ्गो लगाउनेछ, जसको अंकभार सुपर सिक्स चरणमा पनि जोडिनेछ।

समूह चरणमा आफूले हराएको टिम पनि सुपर सिक्समा पुगेको अवस्थामा विजेता टोलीले उक्त खेल जितेको २ अंक लिएर जानेछ र सुपर सिक्समा फेरि खेल्नु पर्ने छैन । त्यसैले दुवै देश आजको खेल जसरी पनि जित्ने दाउमा छन् ।

बिहीबार भएको समूह ‘बी’को खेलमा जापानले कुवेतलाई पराजित गरेपछि दुवै टोलीले सुपर सिक्समा स्थान सुरक्षित गरेका हुन् । नेपालसँग पहिले नै हार भोगिसकेको कुवेत जापानसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको छ । पहिलो खेलमा ५८ रनको शानदार जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ ।

कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोली सन्तुलित छ, जसमा अनुभवी खेलाडीहरूको मिश्रण छ। कप्तान रोहित पौडेलले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट भूमिका निर्वाह गर्दै आएका छन्। उनको मिडल अर्डरमा शक्तिशाली हिटिङ क्षमता छ, जसले विपक्षी बलरहरूलाई दबाब दिन्छ । उपकप्तान दीपेन्द्र सिंह ऐरीले पनि ब्याटिङ र बलिङ दुवैमा योगदान दिन्छन्, जसले टोलीलाई बहुमुखी बनाएको छ।

खेलमा कुशल भुर्तेलले आक्रामक सुरुवात दिए नेपाललाई जित्न गाह्रो हुने छैन । कुवेतविरुद्ध पनि उनी २० ओभरसम्मै टिके र जिताए । यता स्पिनर सन्दीप लामिछाने टोलीको सबैभन्दा ठूलो हतियार हुन् – उनले कुवेतविरुद्ध २ विकेट लिँदै स्पिन आक्रमणको नेतृत्व गरेका थिए। सोमपाल कामी, करण केसी, कुशल मल्ला र गुलशन झालगायतको क्षमताले मिडल अर्डरलाई अझै मजबुत बनाएको छ।

यता उदीयमान क्रिकेटिङ राष्ट्रका रूपमा रहेको जापान ऐतिहासिक विश्वकप खेल्ने धुनमा छ । जापानको टोली नयाँ पुस्ताको उर्जाले भरिपूर्ण छ। वरीयतामा ४४औँ स्थानमा रहेपनि जापानी टोलीमा केही आक्रामक खेलाडी छन् जसले ठूलो नतिजा दिन सक्छन्। उसले बिहीबार कुवेतविरुद्ध १७७ रनको लक्ष्य ३ बल बाँकी हुँदा ५ विकेटले जित हासिल गर्दै मजबुत सुरुवात गरेको छ। यो जितले जापानको चेजिङ क्षमता र दबाबमा खेल्ने क्षमतालाई प्रमाणित गरेको छ। कुवेतविरुद्धको खेलमा इशाम रहमानले ६४ रनको शानदार अर्धशतकीय इनिङ खेलेका थिए भने कप्तान केन्डल काडोवाकी फ्लेमिङले आक्रामक सुरुवात दिएका थिए। उनीहरूले देखाएको लडाकु भावना नेपाली टोलीका लागि चुनौतीपूर्ण हुन सक्छ।

बलिङमा अब्दुल समद र अन्य पेसरहरूले विकेट लिने जिम्मेवारी लिन्छन्। जापानको टोलीमा अनुभव कम भए पनि लड्ने भावना र युवा ऊर्जाले उनीहरूलाई कुनै पनि खेलमा खतरनाक बनाउन सक्छ ।

 

गृहमन्त्रीको हैसियतले मैले कुनै बल प्रयोग गर्न आदेश दिएको हैन : लेखक

काठमाडौँ । तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेन जी आन्दोलनमा गृहमन्त्रीको हैसियतले बल प्रयोग गर्न आदेश नदिएको बताएका छन्। काँग्रेस केन्द्रीय कार्यालयमा आज पत्रकार सँगको कुराकानीमा उनले तत्कालिन गृहमन्त्रीका हैसियतले आफूले बल प्रयोग गर्न आदेश नदिएको बताएका हुन्।

‘प्रधानमन्त्री जोसुकै भए पनि, गृहमन्त्रीले आदेश गर्ने भन्ने यी विषयहरू पनि होइनन् र कुनै त्यस्तो खालको बल प्रयोग गर्ने आदेश गरिएको छैन, प्रधानमन्त्रीजी र मेरो तर्फबाट आदेश दिइएको छैन,’

उनले धेरै मानिसको ज्यान गुमेको, सरकारी र व्यक्तिगत संरचनामा आगजनी भएको पनि उनले बताए। ती घटनाप्रति आफू दुखित भएको र तत्काल पदबाट राजीनामा दिएको समेत बताए।

राजनीतिमा सक्रिय हुन्छु, ‘रिटायर्ड लाइफ’ बिताउँदिन: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अब ‘रिटायर्ड लाइफ’ नबिताउने स्पष्ट पारेका छन् ।

शुक्रबार प्रेस सेन्टर नेपालले काठमाडौंमा आयोजना गरेको छलफलमा प्रचण्डले राजनीतिक रूपमा सक्रिय रहिरहने बताएका हुन् । तर उनले पार्टीको शीर्ष नेतृत्वमै निरन्तर रहिरहनुपर्ने पक्षमा भने आफू नरहेको स्पष्ट पारे ।

‘रिटायर्ड लाइफ त बिताउँदिन, तर म पार्टी प्रमुख भइरहनै पर्छ भन्ने छैन,’ उनले भने । प्रचण्डले पछिल्लो समय तीन पार्टी र तीन नेतामाथि उस्तै धारणा बनाइएकामा असन्तुष्टि जनाए । ‘यसरी खबरदारी गर्ने दल र मलाई पनि उही डालोमा राख्दा मन दुख्छ,’ उनले भने ।

उनले जेन–जी आन्दोलनको मागप्रति समर्थन जनाउँदै त्यसलाई सम्मान गर्नुपर्ने धारणा राख्दै यसलाई सम्बोधन गर्न नसके देश पछाडि पर्ने बताए ।

प्रचण्डले अहिलेको मुख्य प्राथमिकता फागुन २१ गते तोकिएको निर्वाचनलाई सफल बनाउनु रहेको पनि बताए।

उनले आफूले भन्दै आएको कुरा ठ्याक्कै मिल्न गएको भन्दै ज्योतिषीजस्तो लाग्ने गरेको बताउ ।

सुमना श्रेष्ठकाे सुझाव- ‘काँग्रेस वा एमालेले देशको साझा शत्रु बन्ने चेष्टा नगरेकै वेश’

काठमाडौं । पूर्वसांसद सुमना श्रेष्ठले नेपाली कांग्रेस र नेकपा (एमाले)लाई देशको एक मात्र साझा शत्रु बन्ने चेष्टा नगर्न चेतावनी दिएकी छन्।

ताजा जनादेशको लागि सिंगो नेपाली समाज तयार भइसकेको अवस्थामा ठूला राजनीतिक दलका ‘स्वार्थी र सत्तालिप्सामा डुबेका नेताहरू’ले संसद पुनर्स्थापनाको बहस चलाउनुलाई उनले ‘भाद्र २३ को युवा क्रान्तिको मर्म विपरीत’ कार्य भनेकी छन्।

‘नेपाल र विश्वको ईतिहास साक्षी छ। ‘प्रतिक्रान्ति’ को नेतृत्व गर्ने तत्वहरु विरुद्ध सामान्य जनताहरु विभाजन रेखाहरु भन्दा माथि उठेर गोलबद्ध हुन्छन्,’ उनले स्मरण गराएकी छन्, ‘त्यसैले काँग्रेस वा एमालेले यो देशको एक मात्र साझा शत्रु बन्ने चेष्टा नगरेको वेश।’

सामाजिक सञ्जालमार्फत श्रेष्ठले निर्वाचनको निष्पक्षतामाथि शंका गर्नुलाई ‘जनता समक्ष जान नसक्ने हत्यारा, भ्रष्टाचारि, कायर अपराधिक तत्वहरुको निकृष्ट बहाना’ मात्र भएको दाबी गरेकी छन्। उनले आफूलाई लोकतान्त्रिक भन्ने तर लोकतान्त्रिक चरित्र देखाउन नसक्नेहरू लोकतन्त्रको अभ्यासबाट भाग्न खोजेको नेपाली जनताले प्रष्टसँग बुझेको समेत उल्लेख गरेकी छन्।

शान्तिपूर्ण निकासका लागि एक कदम अगाडि बढिसकेको नेपाली समाजलाई द्वन्द्वतिर लैजान आफ्ना भातृ संगठनहरूलाई उक्साउनु ‘प्रतिक्रान्ति’ को तयारी गर्नु मात्रै भएको उनको भनाई छ।

 

वन्यजन्तु संरक्षणमा चुनौतीः शुक्लाफाँटामा चोरी–शिकारी रोकिएन

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहको वनका वन्यजन्तु र वन पैदावार चोरी–निकासीका घटना बढेका पाइएको छ।

सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराका अनुसार राजनीतिक अस्थिरताको फाइदा उठाउँदै केही व्यक्तिहरू र समूहहरूले घरेलु हातहतियार, भरुवा बन्दुक र कुकुरको प्रयोग गरी वन्यजन्तु शिकारी तथा वन्यजन्तुका बच्चा समाउँदै  आएका छन्। साथै उनीहरूले वन सिमानाका तारबार) भत्काउने, अनुमति पुर्जी नलिई घाँस, दाउरा, डालेघाँसलगायत वन पैदावार सङ्कलन गर्ने र सामुदायिक वन क्षेत्रभित्रलाई अनधिकृत चरिचरनका रूपमा बारम्बार प्रयोग गरिरहेका छन्।

‘वन क्षेत्रभित्र रहेका नदीनालामा घातक विषादी र विद्युत् उपकरण प्रयोग गरी माछा मार्ने र नदीमा करेन्ट प्रवाह गर्ने कार्यले वन्यजन्तु तथा जलचर प्रजातिको जीवनमा गम्भीर असर पारेको छ’, उनले भने, ‘सामुदायिक वनभित्र चोरी शिकारी नियन्त्रण गर्न जडान गरिएका सिसिटिभी क्यामेरा, सौर्य बत्ती र निगरानीका अन्य उपकरण तोडफोड गरिएको छ।’

सामुदायिक वन क्षेत्रभित्र राति र दिउँसो सवारीसाधन प्रवेश गरी वन्यजन्तु शिकारी, अवैध बालुवा उत्खनन र रातो माटो उत्खनन भइरहेको उनले उल्लेख गरे। अध्यक्ष महराले भने, ‘सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित निकाय र स्थानीयलाई गैरकानुनी कार्य नगर्न आग्रह गरेका छौँ, त्यस्ता कार्य जारी रहे वन ऐन, २०७६ र समूहको विधानअनुसार  कारबाही गर्न बाध्य हुनेछौँ।’ सामुदायिक वनका पदाधिकारीहरूले डिभिजन वन कार्यालय, स्थानीय प्रशासन र प्रहरीलाई वन पैदावार र वन्यजन्तुको चोरी शिकारी  नियन्त्रणमा लाग्न आग्रह गरेका छन्।

राष्ट्र बैंकले बढायो सुन आयातकाे कोटा, अब दैनिक २५ किलोसम्म सुन ल्याउन पाउने

काठमाडौँ, २४ असोजः  नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको कोटा २० किलोबाट २५ किलो पुर्‍याएको छ ।

अब वाणिज्य बैंकहरूले दैनिक २५ किलोसम्म सुन आयात गर्न पाउने छन् । आयात गरिएको सुन व्यवसायीहरूले खरिद गरेर सर्वसाधारणलाई गहनाको रूपमा बिक्री गर्नेछन् ।

केन्द्रीय बैंकले बजारमा सुनको बढ्दो माग र मूल्य वृद्धिलाई ध्यानमा राखेर कोटा बढाएको हो । दीपावली नजिकिँदै गर्दा सुनको माग अझ बढ्ने अपेक्षा गरिएको छ । शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ३५ हजार रुपैयाँमा कायम भएको छ ।

यसैगरी, नेपाल राष्ट्र बैंकले विदेशबाट ल्याउन सकिने रेमिट्यान्सको सीमा पनि २० लाख रुपैयाँबाट २५ लाख रुपैयाँ पुर्‍याएको छ । अब नेपाली नागरिक वा नेपालमा दर्ता भएका फर्मरकम्पनीहरूले विदेशबाट पठाइएको रकम दैनिक २५ लाख रुपैयाँसम्म खातामा जम्मा गर्न सक्नेछन् ।

विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा ग्राहकको पहिचान कागजात लिनुपर्नेछ र हरेक महिना आएको रेमिट्यान्सको विवरण सम्बन्धित विभागमा सात दिनभित्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

नापी कार्यालय कैलालीमा ९५ लाख बरावरको क्षति

कैलाली । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगलागी भएको नापी कार्यालय कैलालीमा ९५ लाख बराबरको क्षति भएको छ । ६५ लाख बराबरका दुई गाडी, एउटा मोटरसाइकल, कम्प्युटर, प्रिन्टर, स्क्यानर, दराज कुर्सीहरू जलेको कार्यालयले जनाएको छ ।

नापी कार्यालय कैलालीका प्रमुख जनक राज भट्टले कार्यालयका सबै अभिलेखहरू भने सुरक्षित रहेको बताए । ‘भौतिक र आर्थिक क्षति भए पनि नापीका सबै अभिलेखहरू सुरक्षित छन् । सेवाग्राही समस्यामा पर्ने अवस्था छैन,’उनले भने । उनका अनुसार कार्यालयको नक्सा प्रिन्ट गर्ने कोठा आगलागीबाट बढी प्रभावित भएको हो ।

त्यसमा केही सामान्य कागजातहरू जले पनि महत्त्वपूर्ण डाटामा क्षति नपुगेको उनले बताए । भदौ २४ देखि बन्द भएको सेवा प्रवाह २ असोजबाट पूर्ण रूपमा सुचारु भएको कार्यालय जनाएको छ । क्षतिको विवरण सङ्कलन गरी क्षतिपूर्ति विभागमा पठाएको र त्यहाँबाट सहयोग आए पुनः निर्माणको काम सुरु हुने कार्यालय प्रमुख भट्टले जानकारी दिए ।

मालपोत कार्यालयको सेवा पनि सुचारु 

भूमिसुधार तथा मालपोत र नापी कार्यालय कैलालीको   भवन सँगै जोडिएका छन्  । आगलागीबाट नापी भन्दा मालपोतमा बढी क्षेति पुगेको छ । यद्यपि मालपोतले पनि आफ्नो सबै काम सुचारु गरिसकेको छ । कार्यालयका सूचना अधिकारी दिलाराज भट्टका अनुसार असोज सात गते देखि सेवा प्रवाह सुचारु भइसेको हो ।

आगलागीबाट कार्यालयका तीन वटा कोठामा पूर्ण क्षति पुगेको छ । जस मध्य रजिस्ट्रेसन फाँट, स्टोर फाँट र दर्ता चलानी फाँट प्रभावित भएका छन् । अन्य कोठाहरूमा पनि आंशिक क्षेति भएको सूचना अधिकारी भट्टले जानकारी दिए । आगलागीबाट पुरै भवनको वायरिङ,नेटवर्किङमा पनि क्षेति पुगेको थियो ।

लालपुर्जा केही मात्रामा जले पनि अन्य सबै विवरण सुरक्षित रहेका कार्यालयले जनाएको छ । कार्यालयका अनुसार भौतिक तर्फ भवनमा क्षति, तीन वटा गाडी, दुई मोटरसाइकल, सबै कोठाका कम्प्युटर, स्क्यानर,प्रिन्टर, नष्ट भएका छन् । यद्यपि विभिन्न ठाउँबाट कम्प्युटर, प्रिन्टर, वायरिङ लगाएतको सहयोग पाएपछि काम सुरु भएको सूचना अधिकारी भट्टले जानकारी दिए । उनका अनुसार यो घटना पछि राजस्व सङ्कलनमा भने भारि गिरावट आएको छ ।

 

 

गाजामा जीवित रहेको विश्वास गरिएका बन्धक को–को हुन् ?

काठमाडौं । इजरायल र हमासबीच गाजामा रहेका बाँकी बन्धक मुक्त र प्यालेस्टाइनी कैदी रिहा गर्ने सम्झौता भएको छ । यो सम्झौता यसै सप्ताहान्तमा कार्यान्वयन हुने सम्भावना छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसक्रममा २५० जनालाई बन्धक बनाइएको थियो । उनीहरूमध्ये अझै ४८ बन्धक गाजामा छन् । तीमध्ये २० जीवितै र २६ जनाको मृत्यु भइसकेको इजरायली सरकारको विश्वास छ ।

इजरायली अधिकारीका अनुसार, दुई बन्धकको मृत्यु घोषणा गरिएको छैन । तर, उनीहरूको जीवनका कुनै पछिल्लो संकेत प्राप्त छैन ।

जीवित रहेको विश्वास गरिएका बन्धकको विवरण–

१. एलोन ओहिल (२४ वर्ष)
उत्तरी इजरायलका पियानोवादक एलोन ओहिललाई हमासको आक्रमणमा ३८० भन्दा बढी मानिस मारिएका नोभा संगीत महोत्सवबाट भाग्ने क्रममा सडकछेउको बम आश्रयस्थलबाट हमासले नियन्त्रणमा लिएको थियो ।

आक्रमणका क्रममा उनको दाहिने आँखामा छर्राको घाउ लागेको थियो । हमासले हालै सार्वजनिक गरेको भिडियोमा उनी आंशिक रूपमा दृष्टिविहीन देखिएका परिवारको भनाइ छ । फेब्रुअरीमा मुक्त गरिएका तीन बन्धकले ओहिललाई सुरुङमा साङ्लोले बाँधेर राखिएको बताएका थिए ।

२. एरियल कुनियो (२८ वर्ष)
एरियल कुनियो र उनकी प्रेमिका अर्बेल येहुदलाई गाजा सीमानजिकको किबुज निर ओजस्थित घरबाट अपहरण गरिएको थियो ।

जनवरीमा रिहा भएकी येहुदले गएको महिना फेसबुक पोस्टमा कुनियोको ७०० दिनको बन्दी जीवन सम्झँदै लेखेकी थिइन्, “यो हाम्रो निजी स्वर्ग थियो ।”

कुनियोका दाइ डेभिडलाई पनि किबुजबाट अपहरण गरिएको थियो ।

३. डेभिड कुनियो (३५ वर्ष)
डेभिड कुनियो आफ्नी पत्नी शारोन र तीन वर्षीया जुम्ल्याहा छोरीहरू युली र एम्मासँगै अपहरणमा परेका थिए । पत्नी र छोरीहरू २०२३ को नोभेम्बरमा रिहा भए ।

गएको जुलाईमा खिचिएको भिडियोमा छोरीहरूले आफ्नो पाँचौँ जन्मदिनमा बुवा फर्किऊन् भन्ने इच्छा व्यक्त गरेका थिए । शारोनले भनिन्, “यो सधैँ एक मात्र इच्छा हो, अरू केही होइन ।”

४. अविनातान ओर (३२ वर्ष)
अविनातान ओर आफ्नी प्रेमिका नोआ आर्गमानीसँग नोभा संगीत महोत्सवबाट अपहरणमा परेका थिए । भिडियो फुटेजमा बन्दुकधारीले उनलाई घिसार्दै लगेको देखिन्छ, जबकि आर्गमानीलाई मोटरसाइकलमा राखेर गाजातर्फ लगिँदा उनी रोइरहेकी थिइन् ।

आर्गमानीलाई इजरायली सेनाले २०२४ को जुनमा मध्य गाजाको एक अपार्टमेन्टबाट उद्धार गरेको थियो । अपहरणपूर्व ओर एक प्रमुख प्रविधि कम्पनीमा कार्यरत थिए ।

५. बार कुपरस्टीन (२३ वर्ष)
बार कुपरस्टीन नोभा महोत्सवमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । उनका आफन्तका अनुसार, उनी अरूलाई बचाउन त्यहाँ बसेका थिए ।

६. विपीन जोशी (२४ वर्ष)
नेपाली विद्यार्थी विपीन जोशी अपहरणमा पर्नुभन्दा करिब २५ दिनअघि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गाजा सीमानजिकको किबुज अलुमिम पुगेका थिए । इजरायली अधिकारीले उनको जीवन जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

गएको बुधबार उनको परिवारले २०२३ को नोभेम्बरतिर गाजामा खिचिएको एउटा फुटेज सार्वजनिक गरेको थियो । त्यसमा उनी चोट नलागेको अवस्थामा देखिएका थिए । परिवारले विज्ञप्तिमा भनेको छ, “यो फुटेजले उनी जीवित छन् भन्ने हाम्रो अटल विश्वासलाई पुष्टि गर्छ ।”

७. एतान हर्न (३८ वर्ष)
एतान हर्न किबुज निर ओजबाट दाइ इआइर हर्नसँगै अपहरणमा परेका थिए । इआइर फेब्रुअरीमा रिहा भए । संसदीय समितिमा बयान दिँदा उनले बन्धकलाई रिहा र युद्ध अन्त्य गर्ने सम्झौताका निम्ति आग्रह गरेका थिए । उनले सुरुङमा मिसाइल खस्दा भाइलाई तानेर बचाउने प्रयास गरेको बताएका थिए ।

८. एतान मोर (२५ वर्ष)
एतान मोर नोभा महोत्सवमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । आक्रमणका बेला उनी घाइतेलाई बाहिर निकाल्न सहयोग गरिरहेका थिए । उनले अपहरण भएमा आफू आतंकवादको अभियोगमा दोषी ठहरिएका प्यालेस्टाइनीसँग आदानप्रदान हुन नचाहने बताएका थिए ।

९. एल्काना बोहबोट (३६ वर्ष)
नोभा महोत्सवमा उत्पादन क्षेत्रमा काम गर्ने एल्काना बोहबोट भाग्नुको सट्टा अरूलाई मद्दत गर्न बसेका थिए । त्यहीक्रममा अपहरणमा परे ।

१०. एभ्याटर डेभिड (२४ वर्ष)
एभ्याटर डेभिड साथी गाय गिल्बोआ–दलालसँग नोभा महोत्सवबाट अपहरणमा परेका थिए । डेभिडका दाइ इलाईले उनलाई ‘लाज मान्ने तर जीवनले भरिएको व्यक्ति’ भन्दै उनको संगीतप्रेमको चर्चा गरेका छन् ।

इलाई डेभिडले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा दिएको भाषणमा हमासले जारी गरेको भाइको भिडियोमा उनले शरीरको लगभग आधा वजन गुमाएको बताएका थिए ।

११. निम्रोड कोहेन (१९ वर्ष)
निम्रोड कोहेन अनिवार्य सैन्य सेवामा रहेका सिपाही थिए । २०२३ को अक्टोबर ७ मा उनी गाजा सीमानजिकै ट्यांक चालक दलसँग गार्ड डियुटीमा थिए । ट्यांक बिग्रिएपछि उनलाई जीवितै गाजा लगिएको थियो, जबकि चालक दलका अरू सदस्य मारिएका थिए ।

१२. गाली बेर्मन र जिभ बेर्मन (२८ वर्ष)
यी जुम्ल्याहा दाजुभाइलाई साथी एमिली दामारीसँगै कफर अजाबाट अपहरण गरिएको थियो । जनवरीमा रिहा भएकी दामारीका अनुसार, बन्धक जीवनको पहिलो दिनमै उनीहरूलाई अलग गरिएको थियो ।

१३. गाय गिल्बोआ–दलाल (२४ वर्ष)
उनी नोभा महोत्सवबाट अपहरणमा परेका थिए । हमासले जारी गरेका कम्तीमा दुई भिडियोमा उनी देखिएका छन् । यस्ता भिडियो दबाबमा बनाइने र यसलाई युद्ध अपराध मानिने मानवअधिकार समूहको भनाइ छ ।

१४. म्याक्सिम हेर्किन (३७ वर्ष)
युक्रेनबाट इजरायल बसाइँ सरेका म्याक्सिम हेर्किन नोभा महोत्सवबाट अपहरणमा परेका थिए । अपहरणको समयमा उनकी ती वर्षीया छोरी थिइन् । उनी परिवारका मुख्य आयस्रोत थिए ।

१५. मातान एङ्ग्रेस्ट (२२ वर्ष)
इजरायली सेनाका सिपाही मातान एङ्ग्रेस्ट गाजा सीमानजिकको भिडन्तका क्रममा ट्यांकबाट अपहरणमा परेका थिए ।

१६. मातान जाङ्गाउकर (२५ वर्ष)
उनी प्रेमिका इलाना ग्रिट्जेस्कीसँग निर ओजबाट अपहरणमा परेका थिए । उनकी प्रेमिका २०२३ को नोभेम्बरमा युद्धविरामका बेला रिहा भइन् । जाङ्गाउकरकी आमा आइनाभ छोराको अपहरणपछि सरकारको कट्टर आलोचक बनेकी छन् ।

१७. ओम्री मिरान (४८ वर्ष)
किबुज नाहल ओजबाट हमास लडाकुले ओम्री मिरानलाई अपहरण गरेका थिए, जबकि उनकी पत्नी र दुई साना सन्तानलाई छाडिएको थियो । उनकी पत्नीले बीबीसीसित भनेकी छन्, “कहिलेकाहीँ श्रीमान्को नजिक महसुस गर्न म गाजाबाट आधा माइल टाढा रहेको हाम्रो ध्वस्त किबुजमा फर्कन्छु ।”

१८. रोम ब्रास्लाभ्स्की (२१ वर्ष)
उनी नोभा महोत्सवमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । उनी अन्तिमपटक हमासले जारी गरेको भिडियोमा देखिएका थिए । त्यहाँ उनी कमजोर र रोगी देखिन्थे ।

१९. सेगेभ काल्फोन (२७ वर्ष)
आक्रमणका बेला नोभा महोत्सवबाट भाग्ने क्रममा उनलाई बन्धक बनाइएको थियो ।

२०. तामिर निम्रोदी (२० वर्ष)
इजरायली सैनिक तामिर निम्रोदी २०२३ को अक्टोबर ७ मा आक्रमणका क्रममा गाजानजिकको सैन्य अखडाबाट अपहरणमा परेका थिए । यही वर्षको सुरुमा अधिकारीहरूले उनको मृत्यु भएको आशंका गरेका थिए । तर, बन्धक तथा बेपत्ता परिवार मञ्चका अनुसार, उनी जीवित छन् वा छैनन् भन्नेबारे कुनै निश्चित प्रमाण छैन ।

२१. योसेफ–हाइम ओहाना (२५ वर्ष)
नोभा महोत्सवमा घाइतेलाई बचाउने क्रममा हमासले उनलाई नियन्त्रणमा लिएको थियो । अपहरणअघि उनी तेल अभिभमा बारटेन्डरका रूपमा कार्यरत थिए । न्युयोर्क टाइम्सबाट ।

उच्च मूल्यबाट ४ हजार २ सय घट्यो सुन

काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ शुक्रबार घटेको छ ।

अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ हजार २ सय रुपैयाँ मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिन २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अघिल्लो दिन प्रतिऔंस ४ हजार ४० डलरसम्म पुगेकोमा आज ४ हजार मुनि झरेको छ ।

चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ८५ रुपैयाँ पुगेको छ ।

खोज्नुहोस